सुकुटी नल्याउन र नखान कोरियाका बंगुर फार्महरूमा कार्यरत नेपालीहरुलाइ कम्पनीहरूको आग्रह
ASF जोखिमका कारण कोरियाली बंगुर फार्महरूमा कडा सतर्कता
गोविन्द बानियाँ, सउल दक्षिण कोरिया दक्षिण कोरियाका विभिन्न बंगुर फार्महरूमा कार्यरत नेपाली श्रमिकहरुलाइ लक्षित गर्दै कम्पनीहरूले सुकुटी तथा अन्य मासुजन्य पदार्थ नल्याउन र नखान कडा निर्देशन जारी गरेका छन्। निर्देशन उल्लङ्घन गरेमा कामबाट निष्कासनसम्मको कारबाही हुन सक्ने चेतावनीसमेत कतिपय कम्पनीहरूले दिएका छन्।

यसको मुख्य कारण पछिल्लो समय नेपालसहित विश्वका विभिन्न मुलुकमा फैलिरहेको ASF (African Swine Fever) को जोखिम हो। ASF सुँगुर तथा जंगली बँदेलमा लाग्ने अत्यन्तै घातक भाइरल रोग हो। यो रोग मानिसलाई नलाग्ने भए पनि मानिसको माध्यमबाट जनावरमा सर्न सक्ने भएकाले कोरियामा यसलाई उच्च जोखिमको विषयका रूपमा लिइएको छ। सुकुटीबाट जोखिम बढ्न सक्ने चिन्ता कम्पनीहरू तथा सम्बन्धित निकायहरूको बुझाइअनुसार, नेपालमा ASF को संक्रमण देखिएको अवस्थामा संक्रमित जनावरको मासुबाट सुकुटी बनाइने र सोही सुकुटी अनौपचारिक रूपमा कोरिया भित्रिने सम्भावना रहन्छ। साथै, कोरियामा रहेका केही नेपाली रेष्टुरेन्टहरूमा समेत सुकुटी बिक्री हुने गरेको चर्चा चलेपछि संक्रमण फैलिन सक्ने जोखिमप्रति सतर्कता अपनाइएको हो।

यही कारण देखाउँदै कम्पनीहरूले – कार्यस्थलभित्र सुकुटी नल्याउन – बाहिरका रेष्टुरेन्टमा गएर सुकुटी नखान – काममा आउँदा विशेष सरसफाइ र जैविक सुरक्षा मापदण्ड पालना गर्न कडाइका साथ निर्देशन दिएका छन्। सानो गल्ती, ठूलो क्षति कम्पनीहरूको भनाइमा, एक जना श्रमिकको सानो असावधानीका कारण हजारौँ बंगुर रहेका सम्पूर्ण फार्म जोखिममा पर्न सक्ने अवस्था रहन्छ। ASF फैलिएको खण्डमा सम्पूर्ण बंगुर नष्ट गर्नुपर्ने भएकाले यसले उद्योगलाई गम्भीर आर्थिक क्षति पुर्याउन सक्छ। सलनाल नजिकिँदै गर्दा सचेत रहन आग्रह कोरियाली नयाँ वर्ष सलनाल नजिकिँदै गरेको सन्दर्भमा, बाहिर घुमफिर तथा भेटघाट बढ्ने भएकाले निषेधित मासुजन्य पदार्थको प्रयोगप्रति विशेष सावधानी अपनाउन नेपाली समुदायलाई आग्रह गरिएको छ।
कुनै देश विशेषलाई लक्षित होइन यद्यपि, कोरियाली सरकारले नेपाल वा कुनै विशेष देश वा जातीय समुदायलाई लक्षित गर्दै आधिकारिक सूचना जारी गरेको छैन। तर, दक्षिण कोरियाले लामो समयदेखि विदेशी मुलुकबाट भित्रिने सबै प्रकारका मासुजन्य खाद्य पदार्थमा कडा प्रतिबन्ध लगाउँदै आएको छ। भन्सार र क्वारेन्टाइन नियम कडा कोरियाको भन्सार तथा क्वारेन्टाइन नियमअनुसार: – सुकुटी, ससेज, सुक्खा मासु – काँचो वा पकाएको मासु – मासु मिसिएका खाद्य सामग्री – घरेलु रूपमा तयार पारिएका मासुजन्य परिकार पूर्ण रूपमा प्रतिबन्धित सूचीमा पर्छन्। यस्ता सामग्री यात्रुको लगेज, पार्सल वा अनौपचारिक माध्यमबाट भित्रिएको पाइएमा भन्सारमै जफत गरी नष्ट गरिने र सम्बन्धित व्यक्तिलाई जरिवाना समेत हुने व्यवस्था छ।
कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…
कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…
जुन ६–७ मा लमजुङ परिवारको बृहत् पिकनिक हुँदै
दक्षिण कोरियाको आनसानमा ‘होली महोत्सव–२०२६’ आयोजना हुँदै
नेपाली राजदूतावास दक्षिण कोरियाको सिफारीसमा २ जना नेपाली विद्यार्थीलाइ छात्र…
दक्षिण कोरियामा नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेलाई ‘बेस्ट एम्बासडर २०२…
आइबीके बैंकको सेवा १२ घण्टा बन्द हुने, क्रेडिट कार्ड बाहेक अरु सेवा नचल्ने
प्रतिक्रिया