कोरियामा हुण्डी कारोबारीको जानकारी दूतावासमा आएको छ : राजदूत डा. शिवमाया तुम्बाहाङ्फे
गोविन्द बानियाँ सउल, दक्षिण कोरिया ।
दक्षिण कोरियाका लागी नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेले दक्षिण कोरियामा अवैध हुण्डी कारोबारीबारे नेपाली राजदूतावासमा जानकारी आएको बताउनुभएको छ।
दूतावासले गरेको सार्वजनिक अपिलमा इमेल तथा प्रत्यक्ष जानकारी मार्फत समेत हुण्डी कारोबारीको जानकारी प्राप्त भएकाले विगतमा जे जस्तो गरेपनि अब आइन्दा त्यस्तो अवैध कारोबारमा संलग्न नहुन उहाँले चेतावनी दिनुभयो ।
अवैध आर्थिक कारोबारले नेपाली समुदायलाई कानुनी जोखिममा पार्न सक्ने भएकाले यसप्रति दूतावास गम्भीर भएको उहाँको भनाइ थियो ।
राजदूत डा. तुम्बाहाङ्फेले कोरियामा रहेका नेपाली नागरिकलाई गैरकानुनी बसाइ नगर्न, कोरियाको प्रचलित कानुन र नियमको पालना गर्न तथा हुण्डी कारोबारमा संलग्न नहुन स्पष्ट रुपमा आग्रह गर्नुभएको छ ।
उहाँले कम्पनीमा काम गर्ने नेपाली कामदारहरूलाई काम गर्ने क्रममा सुरक्षा मापदण्डको विशेष ख्याल गर्न पनि अनुरोध गर्नुभएको छ । पछिल्लो समय देखिएका औद्योगिक दुर्घटनाप्रति चिन्ता व्यक्त गर्दै राजदूतले थप सजगताको आवश्यकता औंल्याउनुभयो ।
त्यसैगरी, कोरियामा पछिल्लो समय देखिँदै आएका आत्महत्याका घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै राजदूत तुम्बाहाङ्फेले मानसिक स्वास्थ्यप्रति गम्भीर हुनुपर्ने आवश्यकता औंल्याउनुभएको थियो । उहाँका अनुसार दूतावासले मनोसामाजिक परामर्श सेवा उपलब्ध गराइरहेको र मानसिक तनाव, चिन्ता वा समस्या भोगिरहेका नेपालीहरूले दूतावाससँग सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको जानकारी दिनुभयो ।
दूतावासले कोरियामा रहेका नेपाली नागरिकलाई कानुनी, सुरक्षित र जिम्मेवार जीवनशैली अपनाउन निरन्तर सचेतना अभियानसमेत सञ्चालन गरिरहेको उहाँले जानकारी दिनुभयो ।
कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…
कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…
जुन ६–७ मा लमजुङ परिवारको बृहत् पिकनिक हुँदै
दक्षिण कोरियाको आनसानमा ‘होली महोत्सव–२०२६’ आयोजना हुँदै
नेपाली राजदूतावास दक्षिण कोरियाको सिफारीसमा २ जना नेपाली विद्यार्थीलाइ छात्र…
दक्षिण कोरियामा नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेलाई ‘बेस्ट एम्बासडर २०२…
आइबीके बैंकको सेवा १२ घण्टा बन्द हुने, क्रेडिट कार्ड बाहेक अरु सेवा नचल्ने
प्रतिक्रिया