ह्वासङ नेपाली परिवार दक्षिण कोरियाको चौथो अधिवेशनबाट गोविन्द अधिकारी अध्यक्षतामा नयाँ कार्यसमिति
गाेविन्द बानियाँ, सउल दक्षिण कोरिया । दक्षिण कोरियाको ख्यङगिदो ह्वासङ क्षेत्रमा रहेका नेपालीहरुको साझा संस्था ह्वासङ नेपाली परिवार, दक्षिण कोरियाको चौथो अधिवेशन सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाकी अध्यक्ष पार्वती मोक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित भएको छ । अधिवेशनबाट निवर्तमान कार्यसमितीमा महासचिव रहेका गोविन्द अधिकारी अध्यक्षमा निर्वाचित भएका छन् । यसैगरी वरिष्ठ उपाध्यक्षमा हरि श्रेष्ठ, उपाध्यक्षहरूमा शोभा लामा, कमल जिसी, लोकेन्द्र फौजा मगर र पदम रजान मगर निर्वाचित भएका छन्। महासचिवमा जगत संसार, सचिवहरूमा अर्जुन साम्पाङ र मन्दिप भण्डारी तथा कोषाध्यक्षमा हेमन्त केसी निर्वाचित भएका छन् । सह–कोषाध्यक्षमा शर्मिला थापा मगर चयन भएकी छन् ।
नव–निर्वाचित कार्यसमितिका सदस्यहरूमा विकेन नेम्वाङ, कल्पना पुन मगर, टिकामान किङरिङ, पूर्ण नेम्वाङ, युवराज खनाल, वसन्त दलामुखी, रतन साउद, नारायण घिमिरे, प्रमोद काम्मु मगर, कमल भुजेल, विनोद विक, युवराज नेपाल, दावा लामा ह्योल्मो, मनोज बुढाथोकी, सन्तोष भट्टराई, प्रकाश राई ‘अन्ते’, पूर्ण तामाङ र कमल गिरी रहेका छन्।
अधिवेशनमा बोल्दै प्रमुख अतिथि मोक्तानले प्रवासमा रहेका नेपालीहरूको एकता, सहकार्य र सामाजिक उत्तरदायित्वलाई सुदृढ बनाउन यस्ता संस्थाहरूको भूमिका महत्वपूर्ण रहेको बताइन्। नव–निर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै उनले समुदायको हितमा सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन्।
निवर्तमान अध्यक्ष सजना याक्सोले नयाँ कार्यसमितीले थप उर्जाका साथ कार्य गर्ने विश्वास व्यक्त गरेकी थिइन । अधिवेशनमा एनआरएनए, एनसीसी लगायत कोरियास्थित बिभिन्न सक्रिय संघसंस्थाको प्रतिनिधीहरुको उपस्थिती थियो ।
कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…
कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…
जुन ६–७ मा लमजुङ परिवारको बृहत् पिकनिक हुँदै
दक्षिण कोरियाको आनसानमा ‘होली महोत्सव–२०२६’ आयोजना हुँदै
नेपाली राजदूतावास दक्षिण कोरियाको सिफारीसमा २ जना नेपाली विद्यार्थीलाइ छात्र…
दक्षिण कोरियामा नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेलाई ‘बेस्ट एम्बासडर २०२…
आइबीके बैंकको सेवा १२ घण्टा बन्द हुने, क्रेडिट कार्ड बाहेक अरु सेवा नचल्ने
प्रतिक्रिया