दक्षिण कोरियामा आदिवासी जनजातिको संयुक्त शुभकामना आदान–प्रदान कार्यक्रम
गाेविन्द बानियाँ, सउल दक्षिण कोरिया । आदिवासी जनजातिका विभिन्न चाडपर्वको अवसर पारेर नेपाल आदिवासी जनजाति महासंघ,दक्षिण कोरियाले आयोजना गरेको संयुक्त शुभकामना आदान–प्रदान तथा चिनारी अभियान कार्यक्रम सम्पन्न भएको छ।
आदिवासी समुदायका चाडपर्वबारे चिन्ने र चिनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा दक्षिण कोरियाका लागि नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) कोरियाका अध्यक्ष विपिन कुमार गुरुङ, वरिष्ठ उपाध्यक्ष तारा पुन मगर, एनसीसी कोरियाका अध्यक्ष हरि प्रसाद खनाल, महासंघका संरक्षक लोचन चाम्लिङ राईलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।
कार्यक्रममा विभिन्न राजनीतिक दल, प्रदेश, धार्मिक, जातीय, पेशागत तथा जिल्लागत संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूले सहभागिता जनाएका थिए। सहभागी आदिवासी संस्थाका अध्यक्षहरूले आ–आफ्नो समुदायको परिचय र मनाइने चाडपर्वबारे विस्तृत जानकारी प्रस्तुत गरेका थिए।
कार्यक्रममा मगर समुदायको कौरा नाच तथा तामाङ समुदायको सेलो भाकासहित मौलिक सांस्कृतिक प्रस्तुति देखाइएको थियो। उद्घाटन तिनचुलोमा बत्ती बालेर गरिएको थियो। साथै प्रथम शहीद लखन थापा, राणा शासनविरुद्ध संघर्ष गरेका चार शहीद तथा पहिचान आन्दोलनका क्रममा सहादत प्राप्त पदम लिम्बू (लाजिहाङ) को तस्वीरमा माल्यार्पण गरिएको थियो। गायक तथा अभिनेता स्वर्गीय प्रशान्त तामाङप्रति पनि श्रद्धाञ्जली अर्पण गरिएको थियो।
कार्यक्रममा सहभागीहरूलाई तामाङ समुदायको मौलिक परिकार खाजाका रूपमा प्रदान गरिएको थियो। कार्यक्रमका सभाध्यक्ष तथा महासंघ कोरियाका अध्यक्ष शुभराज भोम्जनले नवौँ कार्यसमितिको पहिलो कार्यक्रम भएकाले केही कमी कमजोरी भएको हुन सक्ने उल्लेख गर्दै आगामी दिनमा सुधार गर्दै जाने प्रतिबद्धता जनाउनुभयाे । उहाँले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन पनी गर्नुभयाे ।
कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…
कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…
जुन ६–७ मा लमजुङ परिवारको बृहत् पिकनिक हुँदै
दक्षिण कोरियाको आनसानमा ‘होली महोत्सव–२०२६’ आयोजना हुँदै
नेपाली राजदूतावास दक्षिण कोरियाको सिफारीसमा २ जना नेपाली विद्यार्थीलाइ छात्र…
दक्षिण कोरियामा नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेलाई ‘बेस्ट एम्बासडर २०२…
आइबीके बैंकको सेवा १२ घण्टा बन्द हुने, क्रेडिट कार्ड बाहेक अरु सेवा नचल्ने
प्रतिक्रिया