इलामेली समाज दक्षिण कोरियाद्वारा ‘इलामेली म्युजिकल नाइट’ आयोजना
गोविन्द बानियाँ, सउल दक्षिण कोरिया । दक्षिण कोरियामा क्रियाशील इलामेली समाज, दक्षिण कोरिया ले आगामी फेब्रुअरी १६मा ‘इलामेली म्युजिकल नाइट’ आयोजना गर्ने भएको छ ।
कार्यक्रम सउलको 청량리역 नजिकै (서울특별시 동대문 왕산로 37길27 현대코아 ) मा साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । कार्यक्रममा चर्चित र्यापर Mr. D को विशेष प्रस्तुति रहनेछ । उपस्थित दर्शकहरुलाइ डिजे रमेश लामाले झुमाउनेछन् ।
त्यसैगरी गायकहरू मिलन दोङ, अमृत लिम्बु, सुनील गुरुङ, आशिष मोक्तान, ऱ्यापर दोर्जे जोजो लगायत कलाकारहरूको प्रस्तुति रहनेछ भने नृत्यतर्फ शर्लिन तामाङ को प्रस्तुती रहने जनाइएको छ ।
कार्यक्रमको उद्देश्य कोरियामा रहेका इलामेली तथा नेपाली समुदायबीच आपसी सद्भाव, मनोरञ्जन र सामाजिक सहकार्य प्रवर्द्धन गर्नु रहेको आयोजक संस्थाले जनाएको छ । कार्यक्रममा विभिन्न संघसंस्था तथा व्यवसायीहरूको सहकार्य रहेको छ ।
कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…
कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…
जुन ६–७ मा लमजुङ परिवारको बृहत् पिकनिक हुँदै
दक्षिण कोरियाको आनसानमा ‘होली महोत्सव–२०२६’ आयोजना हुँदै
नेपाली राजदूतावास दक्षिण कोरियाको सिफारीसमा २ जना नेपाली विद्यार्थीलाइ छात्र…
दक्षिण कोरियामा नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेलाई ‘बेस्ट एम्बासडर २०२…
आइबीके बैंकको सेवा १२ घण्टा बन्द हुने, क्रेडिट कार्ड बाहेक अरु सेवा नचल्ने
प्रतिक्रिया