राप्ती समाज दक्षिण कोरियाद्वारा सांस्कृतिक साँझ तथा रात्रीभोज कार्यक्रम आयोजना
गोविन्द बानियाँ, सउल दक्षिण कोरिया । दक्षिण कोरियामा सक्रिय राप्ती समाज, दक्षिण कोरिया ले कोरियाली नयाँ वर्ष सलनाल तथा महाशिवरात्रि को अवसर पारेर आगामी फेब्रुअरी १५ मा ‘राप्ती सांस्कृतिक साँझ तथा रात्रीभोज कार्यक्रम–२०२६’ आयोजना गर्ने भएको छ ।
कार्यक्रम राजधानी सउलको यस ठाउँमा (종로구 종로 63-8, 2층 파노라마) मा साँझ ७ बजेबाट सुरु हुने आयोजकले जनाएको छ ।
कार्यक्रममा लोक तथा दोहोरी गीत, लाइभ म्युजिक प्रस्तुति, सांस्कृतिक नृत्य र विभिन्न कलाकारहरूको विशेष प्रस्तुति रहनेछ । साथै, कार्यक्रममा १५ प्रकारका स्वादिष्ट परिकार निःशुल्क व्यवस्था गरिने जानकारी दिइएको छ ।
आयोजकका अनुसार कार्यक्रमको उद्देश्य संस्थाको कोष वृद्धि, खेलकुद कोष स्थापना तथा सामाजिक एकता मजबुत बनाउनु रहेको छ । कार्यक्रममा विभिन्न संघसंस्था, व्यवसायी र सञ्चारमाध्यमको सहकार्य रहेको छ । कार्यक्रमसम्बन्धि थप जानकारीका लागी पोस्टरमा रहेका नम्बरहरुमा सम्पर्क गर्न सक्नुहुनेछ ।
कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…
कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…
जुन ६–७ मा लमजुङ परिवारको बृहत् पिकनिक हुँदै
दक्षिण कोरियाको आनसानमा ‘होली महोत्सव–२०२६’ आयोजना हुँदै
नेपाली राजदूतावास दक्षिण कोरियाको सिफारीसमा २ जना नेपाली विद्यार्थीलाइ छात्र…
दक्षिण कोरियामा नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेलाई ‘बेस्ट एम्बासडर २०२…
आइबीके बैंकको सेवा १२ घण्टा बन्द हुने, क्रेडिट कार्ड बाहेक अरु सेवा नचल्ने
प्रतिक्रिया