दक्षिण कोरियाको कारखानामा आगलागीमा परी बेपत्ता भएका नेपाली अझै भेटिएनन्

फेला परेको शवको पहिचान खुलेन

गोविन्द बानियाँ, सउल दक्षिण कोरिया । दक्षिण कोरियाको छुङ्छन प्रान्तस्थित एउटा कारखानामा भएको भीषण आगलागीमा एक नेपाली कामदार बेपत्ता भएका छन् । आगलागीमा एक जनाको मृत्यु भएको पुष्टि भएको छ भने अर्का एक विदेशी कामदार अझै सम्पर्कविहीन छन् ।

 

छुङछन प्रान्तको उम्सङ मा रहेको दैनिक उपभोग्य सामग्री उत्पादन गर्ने कारखानामा शुक्रबार दिउँसो करिब ३ बजे आगलागी भएको हो । आगलागी सुरु भएपछि केही समयमै आगो तीव्र रूपमा फैलिएको थियो ।

 

दमकल विभागका अनुसार कारखानामा कार्यरत ८३ जनामध्ये ८१ जनालाई सुरक्षित रूपमा उद्धार गरिएको छ । तर दुई जना कामदार भने घटनास्थलमै सम्पर्कविहीन भएका थिए । बेपत्ता हुनेमध्ये एक जना नेपाली नागरिक र अर्का एक उज्बेकिस्तानका नागरिकरहेका छन् ।

 

दमकल अधिकारीहरूले आगो लागेको भवनभित्र ठूलो मात्रामा ज्वलनशील कच्चा पदार्थ (पल्प) भण्डारण गरिएको र संरचना स्यान्डविच प्यानलबाट बनेकाले आगो छिटो फैलिएको बताएका छन् । आगलागी नियन्त्रणमा लिन उच्च तहको आपतकालीन प्रतिक्रिया जारी गरिएको थियो ।

 

घटनापछि रातभर गरिएको खोजीका क्रममा कारखानाको भित्री भागमा एक जनाको शव फेला परेको कोरियाली सञ्चारमाध्यमहरूले जनाएका छन् । फेला परेको शवको पहिचान अझै औपचारिक रूपमा सार्वजनिक गरिएको छैन । शवलाई पहिचानका लागि राष्ट्रिय फोरेन्सिक सेवा पठाइएको छ ।

 

दमकल विभागका अनुसार बेपत्ता कामदारहरूको मोबाइल फोनको अन्तिम संकेत कारखानाभित्रै देखिएको थियो । यसका आधारमा उनीहरू आगलागीका बेला भवनभित्र फसेको अनुमान गरिएको छ । बाँकी एक बेपत्ता कामदारको खोजी कार्य अझै जारी रहेको अधिकारीहरूले बताएका छन् ।

 

दक्षिण कोरियाका आन्तरिक सुरक्षा तथा प्रशासनसम्बन्धी निकायहरूले सबै स्रोत परिचालन गरी खोज तथा उद्धार कार्यलाई निरन्तरता दिन निर्देशन दिएका छन् । आगो पूर्ण रूपमा नियन्त्रणमा आएपछि आगलागीको कारणबारे विस्तृत अनुसन्धान गरिने जनाइएको छ ।

 

घटनाले दक्षिण कोरियामा कार्यरत विदेशी तथा नेपाली श्रमिकहरूको कार्यस्थल सुरक्षा सम्बन्धी विषयलाई पुनः सतहमा ल्याएको छ । गैरआवसिय नेपाली संघ एनआरएनए तथा नेपाली दूतावास र सम्बन्धित निकायहरूले घटनाबारे जानकारी संकलन गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्रालय र दुतावासमा ज्ञापनपत्र

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्रालय र दुतावासमा ज्ञापनपत्र

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…

जुन ६–७ मा लमजुङ परिवारको बृहत् पिकनिक हुँदै

जुन ६–७ मा लमजुङ परिवारको बृहत् पिकनिक हुँदै

दक्षिण कोरियाको आनसानमा ‘होली महोत्सव–२०२६’ आयोजना हुँदै

दक्षिण कोरियाको आनसानमा ‘होली महोत्सव–२०२६’ आयोजना हुँदै

नेपाली राजदूतावास दक्षिण कोरियाको सिफारीसमा २ जना नेपाली विद्यार्थीलाइ छात्रवृत्ती

नेपाली राजदूतावास दक्षिण कोरियाको सिफारीसमा २ जना नेपाली विद्यार्थीलाइ छात्र…

दक्षिण कोरियामा नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेलाई ‘बेस्ट एम्बासडर २०२६’ अवार्ड

दक्षिण कोरियामा नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेलाई ‘बेस्ट एम्बासडर २०२…

आइबीके बैंकको सेवा १२ घण्टा बन्द हुने, क्रेडिट कार्ड बाहेक अरु सेवा नचल्ने

आइबीके बैंकको सेवा १२ घण्टा बन्द हुने, क्रेडिट कार्ड बाहेक अरु सेवा नचल्ने

फोनिज कोरियाको चौथो अधिवेशनबाट उत्तम खजुमको नेतृत्वमा नयाँ कार्यसमिति

फोनिज कोरियाको चौथो अधिवेशनबाट उत्तम खजुमको नेतृत्वमा नयाँ कार्यसमिति