नेपाल भलिबल संघ दक्षिण कोरियाको चौथो अधिवेशनबाट बिरेन्द्र राहुं मगरको अध्यक्षतामा नयाँ कार्यसमिती गठन
गोविन्द बानियाँ, दक्षिण कोरिया ।
नेपाल भलिबल संघ दक्षिण कोरियाको चौथो अधिवेशनबाट बिरेन्द्र राहुं मगरको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ ।
सुवन स्थित भेटघाट सभा हलमा आइतवार आयोजित अधिवेशनले सर्वसम्मत रुपमा कार्यसमिति चयन गरेको हो ।
नवगठित कार्यसमितिको पदाधिकारीहरूमा
वरिष्ठ उपाध्यक्ष अर्जुन थापा मगर, उपाध्यक्ष नवीन कँडेल,सचिव खिम खत्री त्यस्तै सदस्यहरूमा सोम छन्त्याल, सायल लिम्बु, ईलक दगामी मगर, नारायण पौडेल, भरत कुमार सारु,बल बहादुर थापा मगर, सन्तोष थापा , जितेन्द्र श्रेष्ठ रहेका छन् भने । एक उपाध्यक्ष, महासचिव,कोषाध्यक्ष र सह-कोषाध्यक्ष भने पछी चयन गरिने जनाइएको छ । नेपालको राष्ट्रिय खेल भलिबलको दक्षिण कोरियामा पनि माहोल आकर्षक छ ।
भलिबल प्रतियोगिता बाँडफाँड, खेलाडीहरुलाइ प्रोत्साहन, र समग्र भलिबल क्षेत्रको विकासका निम्ति भलिबल संघको महत्वपूर्ण भुमिका हुने गर्दछ । तेस्रो अधिवेशनबाट निर्वाचित अध्यक्ष चन्द्र राना मगरले आफ्नो कार्यभार सुम्पँदै नवनिर्वाचित अध्यक्षलाई थप प्रभावकारी कार्य गर्न शुभकामना दिनुभएको थियो ।
कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…
कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…
जुन ६–७ मा लमजुङ परिवारको बृहत् पिकनिक हुँदै
दक्षिण कोरियाको आनसानमा ‘होली महोत्सव–२०२६’ आयोजना हुँदै
नेपाली राजदूतावास दक्षिण कोरियाको सिफारीसमा २ जना नेपाली विद्यार्थीलाइ छात्र…
दक्षिण कोरियामा नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेलाई ‘बेस्ट एम्बासडर २०२…
आइबीके बैंकको सेवा १२ घण्टा बन्द हुने, क्रेडिट कार्ड बाहेक अरु सेवा नचल्ने
प्रतिक्रिया