एनआरएनए दक्षिण कोरियाद्वारा सउलमा निःशुल्क स्वास्थ्य शिविर आयोजना, २१ जनाले लिए स्वास्थ्य सेवा
गाेविन्द बानियाँ, दक्षिण कोरिया ।
दक्षिण कोरियामा रहेका नेपाली समुदायलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) दक्षिण कोरियाद्वारा शनिबार सउलमा उक्त स्वास्थ्य शिविर आयोजना गरिएको हो।
शिविरमा दक्षिण कोरियाका विभिन्न भूभागबाट आएका नेपालीहरूले निःशुल्क स्वास्थ्य जाँच, चिकित्सक परामर्श सेवा, एक्स–रे तथा औषधि समेत निःशुल्क रूपमा प्राप्त गरेका थिए।
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरिया र 행동하는의사회 को सहकार्यमा यस किसिमका निःशुल्क स्वास्थ्य शिविर हरू निरन्तर रूपमा सञ्चालन हुँदै आएका छन्।
शनिबार सम्पन्न शिविरमा २१ जना नेपालीले प्रत्यक्ष सेवा लिएका थिए भने नाम दर्ता गराएर पनि उपस्थित हुन नसकेकाहरूलाई आगामी शिविरमा समावेश गरिने आयोजकले जनाएको छ।

शिविरमा हाड जोर्नी, अन्तरङ्ग (स्त्री तथा पुरुष रोग), तथा कान–नाक–घाँटी सम्बन्धी रोगहरूको स्वास्थ्य परीक्षण र चिकित्सक परामर्श सेवा उपलब्ध गराइएको थियो। यस शिविरमा भिसा भएका र नभएका सबै नेपालीले सेवा लिन सक्ने व्यवस्था गरिएको छ।
रकम अभावका कारण उपचारमा बाधा नहोस् भन्ने पवित्र उद्देश्यले सेवा सुरु गरिएको एनआरएनए दक्षिण कोरियाकी अध्यक्ष पार्वती मोक्तानले जानकारी दिनुभयो। उहाँका अनुसार आगामी दुई वर्षसम्म नियमित रूपमा यस्तो सेवा उपलब्ध गराइनेछ। निःशुल्क स्वास्थ्य सेवा लिन चाहनेहरूको संख्या वृद्धि हुँदै गएकाले अब प्रत्येक महिना स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी गरिएको पनि उहाँले बताउनुभयो।
स्वास्थ्य जाँच गराउन इच्छुक महानुभावहरूले अग्रिम नाम दर्ताका लागि आयोजकसँग प्रत्यक्ष सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ।
साथै, संस्थाले आगामी दिनमा पनि यस्ता सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। आगामी स्वास्थ्य शिविरसम्बन्धी जानकारी कोरिया अपडेट मार्फत नियमित रूपमा प्रदान गरिनेछ।
कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…
कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…
जुन ६–७ मा लमजुङ परिवारको बृहत् पिकनिक हुँदै
दक्षिण कोरियाको आनसानमा ‘होली महोत्सव–२०२६’ आयोजना हुँदै
नेपाली राजदूतावास दक्षिण कोरियाको सिफारीसमा २ जना नेपाली विद्यार्थीलाइ छात्र…
दक्षिण कोरियामा नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेलाई ‘बेस्ट एम्बासडर २०२…
आइबीके बैंकको सेवा १२ घण्टा बन्द हुने, क्रेडिट कार्ड बाहेक अरु सेवा नचल्ने
प्रतिक्रिया