सेप्टेम्बर २१ मा हुने ‘प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५’ को तयारि पुरा, टाइसिट सहित
सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको आयोजनामा सेप्टेम्बर २१ तारिकका दिन सुवन स्थित आजु विश्वविद्यालयको स्टेडियममा आयोजना हुने ‘प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५’ को सम्पुर्ण तयारि पुरा भइ टाइसिट पनि सार्वजानिक गरिएको छ।

आइतबारका दिन सुवन स्थित भेटघाट रेस्टुरेन्टको सभाहलमा एक कार्यक्रम गर्दै आयोजक संस्थाले टाईसिट सार्वजनिक गरेको हो। दक्षिण कोरियामा रहेको विभिन्न २४ वटा टिम दर्ता रहेको प्रतियोगितापोल ए र पोल बि गरी दुईवटा पोलमा खेलाइने आयोजकले जनाएको छ भने प्रतियोगिता २१ तारिख आइतबार बिहान ८ बजेदेखि सुरु हुनेछ।
सन् २०१४ मा “आपसी सहयोग, सद्भाव र सदाचारसिन्धुपाल्चोक बासीको मिलनको आधार” भन्ने मूल नारासहित स्थापना भएको सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले यही २०२५ सेप्टेम्बर २१तारिख आइतबारका दिन सुवन स्थित आजु विश्वविद्यालयको स्टेडियममा ‘प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५’ खेलाइदै छ। “जहाँ नेपाली सद्भाव, एकता र भाइचारा, अनुशासन, स्वास्थ्य र खेलकुद हाम्रो अभिभारा” भन्ने उद्देश्यका साथ, हाल समाजद्वारा सञ्चालित ‘विपन्न वर्ग बालबालिका छात्रवृत्ति कोष’ अभिवृद्धि गर्ने मुख्य हेतुले यो प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः २० लाख र १२ लाख कोरियन वोन र सेमिफाइनल पुग्ने दुई टिमलाई ४/४ लाख कोरियन वन सहित मेडल र प्रमाणपत्रप्रदान गरिनेछ ।यसैगरी अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट खेलाडीले १ लाख वन ट्रफी, प्रमाण पत्र प्राप्त गर्नेछ भने उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर ,उत्कृष्ट लिफ्टर ले ५०,००० वोन साथमा प्रमाण–पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।
‘प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५’ सफल पार्नका लागि दक्षिण कोरिया मा रहेका बिभिन्न संघ संस्था का प्रतिनिधि, भलिबल खेल प्रेमी खेलाडी, दर्शक हरू लगायत दक्षिण कोरिया बासि नेपाली सम्पुर्ण जनसमुदायलाई प्रतियोगितामा प्रत्यक्ष उपस्थित जनाएर प्रतियोगिता लाइ सभ्य र भब्य रुपमा सफल पार्नको लागि आयोजकले हार्दिक अनुरोध गरेको छ।
छुसकमा ब्याडमिन्टन प्रतियोगिता आयोजना हुँदै
सेप्टेम्बर २१ मा हुने ‘प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५’ को तयारि पुरा, टाइस…
काेरियाकाे बुसानमा Gen-Z आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा श्रद्धाञ्जली
फोनमनीबाट पहिलो कारोबारमा सबैलाई ५००० कोरियन वन बोनस
कोरियामा पर्वतिय चलचित्र महोत्सव हुँदै, दयाहाङ राइ, मिरुना मगर लगायत दर्जनौँ…
"मेरो त देशै माइती भयो" तीज गीत सार्वजनिक
फोनमनीले हस्तान्तरण गर्यो विजेतालाइ १ करोड, पुरस्कार रकमबाट घर निर्माण गर्दै व…
प्रतिक्रिया