काेरियाकाे बुसानमा Gen-Z आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा श्रद्धाञ्जली

दक्षिण काेरियाकाे बुसानस्थित नेपाली समुदाय (NCB) ले कोरियामा रहेका नेपाली विद्यार्थीहरूको छाता संगठन समाजिक संस्था SONSIK (Society of Nepalese Students in Korea) सँग मिलेर नेपालमा हालैको Gen-Z आन्दोलनका क्रममा ज्यान गुमाएका विद्यार्थीहरूको सम्झनामा दिप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ।
यो कार्यक्रम बुसानको क्युङसुङ विश्वविद्यालय (Kyungsung University) मा सम्पन्न भएको थियो, जहाँ नेपाली विद्यार्थी, समुदायका सदस्यहरू र सहयोगीहरूले भेला भएर दिवंगत आत्माहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवार तथा सम्पूर्ण नेपाली जनताप्रति ऐक्यबद्धता प्रकट गरे।
कार्यक्रमका आयोजकहरूले युवाहरूको असामयिक निधनप्रति गहिरो दुःख प्रकट गर्दै नेपालले सामना गरिरहेको यस कठिन घडीमा शान्ति र एकताको आवश्यकता रहेको जोड दिएका थिए।
बुसानस्थित नेपाली समुदाय (NCB) ले निरन्तर रूपमा नेपालीहरूलाई सहयोग गर्दै सांस्कृतिक, सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ। SONSIK को सहकार्यमा गरिएको यो दिप प्रज्वलन कार्यक्रमले फेरि पनि समुदायलाई एउटै मञ्चमा ल्याएको छ र स्वदेशबाट टाढा रहँदा पनि आशा र सम्झनाका आवाज प्रकट गर्ने अवसर दिएको छ।
कार्यक्रमका सहभागीहरूले छोटो समयमा स्थान उपलब्ध गराइदिएको क्युङसुङ विश्वविद्यालयप्रति आभार व्यक्त गरे साथै कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने SONSIK र श्रद्धाञ्जली अर्पण गर्न उपस्थित सबैप्रति धन्यवाद प्रकट गरे।

प्रतिक्रिया

सम्बन्धित

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्रालय र दुतावासमा ज्ञापनपत्र

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्रालय र दुतावासमा ज्ञापनपत्र

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…

जुन ६–७ मा लमजुङ परिवारको बृहत् पिकनिक हुँदै

जुन ६–७ मा लमजुङ परिवारको बृहत् पिकनिक हुँदै

दक्षिण कोरियाको आनसानमा ‘होली महोत्सव–२०२६’ आयोजना हुँदै

दक्षिण कोरियाको आनसानमा ‘होली महोत्सव–२०२६’ आयोजना हुँदै

नेपाली राजदूतावास दक्षिण कोरियाको सिफारीसमा २ जना नेपाली विद्यार्थीलाइ छात्रवृत्ती

नेपाली राजदूतावास दक्षिण कोरियाको सिफारीसमा २ जना नेपाली विद्यार्थीलाइ छात्र…

दक्षिण कोरियामा नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेलाई ‘बेस्ट एम्बासडर २०२६’ अवार्ड

दक्षिण कोरियामा नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेलाई ‘बेस्ट एम्बासडर २०२…

आइबीके बैंकको सेवा १२ घण्टा बन्द हुने, क्रेडिट कार्ड बाहेक अरु सेवा नचल्ने

आइबीके बैंकको सेवा १२ घण्टा बन्द हुने, क्रेडिट कार्ड बाहेक अरु सेवा नचल्ने

फोनिज कोरियाको चौथो अधिवेशनबाट उत्तम खजुमको नेतृत्वमा नयाँ कार्यसमिति

फोनिज कोरियाको चौथो अधिवेशनबाट उत्तम खजुमको नेतृत्वमा नयाँ कार्यसमिति