कोरियामा पर्वतिय चलचित्र महोत्सव हुँदै, दयाहाङ राइ, मिरुना मगर लगायत दर्जनौँ नेपाली कलाकार र निर्देशक कोरिया आउने

दक्षिण कोरियाको उल्सान सहरमा “१० औं उल्सान उल्जु माउन्टेन फिल्म फेस्टिभल (UMFF)” आयोजना हुने भएको छ । यो महोत्सव आगामी सेप्टेम्बर २६ देखि ३० तारिक सम्म आयोजना हुँदैछ ।
यस महोत्सवमा नेपाली ९ वटा चलचित्र प्रदर्शन गरिनुका साथै नेपाली कलाकार र निर्देशकहरुको समेत उपस्थिती रहनेछ । महोत्सवको नेपाल बिशेस कार्यक्रम अन्तर्गत सेप्टेम्बर २७ शनिबार साँझ हिमालयन नेपाल साँझ आयोजना गरिँदैछ । जसमा सनइ र सङ्स अफ लभ एन्ड हेट गरी २ वटा चलचित्र प्रदर्शन गरिनेछ भने अभिनेता दयाहाङ राइ अभिनेत्री मिरुना मगर, निर्देशक मिन बहादुर भाम, सौरभ घिमिरे, किम्फ की अध्यक्ष रमयता लिम्बु त्यस्तै कोरियामा रहेर कोरियाली टेलिभिजन र रेडियोहरुमा प्रस्तोताको रुपमा कार्यरत सुजन शाक्य लगायतसंग अन्तरक्रिया कार्यक्रम तय गरिएको छ । यो महोत्सवमा नेपाली चलचित्र जारी, साम्बाला, द रेड सुटकेस, स्नो लियोपार्ड सिस्टर, उनको स्विटर, सनइ, सङ्स अफ लभ एन्ड हेट, साक्षी रुख र डाइभर्सिटि प्लाजा गरी ९ नेपाली चलचित्र समावेश छन् ।

यो पर्वतीय चलचित्र महोत्सवलाई विश्वकै प्रतिष्ठित पर्वतीय फिल्म महोत्सवमध्य एक मानिन्छ। महोत्सवमा पर्वतारोहण, साहसिक यात्रा, प्रकृति, वातावरण संरक्षणलगायतका विषयमा बनेका अन्तर्राष्ट्रिय चलचित्रहरू प्रदर्शन गरिनेछन्।

यस पटकको महोत्सवले आफ्नो १० औं संस्करण मनाउँदैछ, जसमा विश्वभरका फिल्म निर्माताहरू सहभागी हुने अपेक्षा गरिएको छ। महोत्सवले पर्वतीय संस्कृति र प्राकृतिक सम्पदाको संरक्षणमा जनचेतना फैलाउने उद्देश्य लिएको आयोजकले जनाएको छ।

यो महोत्सव साधारण चलचित्र महोत्सव मात्र नभई, नेपालको चलचित्र, कलाकार र संस्कृतिले कोरियामै आएर एकआपसमा मनाउने अवसर पनि भएकाले कोरियामा रहेका नेपालीहरुलाइ कार्यक्रममा सहभागी हुन आमन्त्रण समेत गरिएको छ ।

महोत्सव मिति: सेप्टेम्बर २६–३०, २०२५
स्थान: उल्सान, उल्जु (दक्षिण कोरिया)

गोविन्द बानियाँ

गोविन्द बानियाँ कोरिया अपडेटको सम्पादक हुनुहुन्छ । विगत लामो समयदेखी नेपालमा रेडियो र टेलिभिजन पत्रकारिताको अनुभव संगाल्नुभएका बानियाँले कोरियामा नेपाली र नेपाली समुदायसंग सम्बन्धित समाचार लेख्ने गर्नुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित