"मेरो त देशै माइती भयो" तीज गीत सार्वजनिक

दक्षिण कोरियाको थेसो क्षेत्रमा नेपाली चेलीहरूको उल्लेखनीय सहभागितासहित छायांकन गरिएको तीज गीत "मेरो त देशै माइती भयो" सार्वजनिक भएको छ। दिवस तिवारीको शब्द र संगीत तथा लोकप्रिय लोकगायिका पूर्णकला बिसीको सुमधुर स्वरले सजिएको यो गीतले वैवाहिक जीवनमा नेपाली महिलाले भोग्ने भावनात्मक पिडा, विदेशमा बस्दा आउने हर्ष–विषाद र तीज पर्वको मौलिकतालाई मार्मिक रूपमा चित्रण गरेको छ। गीतको एरेन्ज तथा संगीत संयोजन रमेश सेन्चुरीले गरेका छन् भने रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ सुरज भुसालले सम्पन्न गरेका हुन्। सोनम पराजुलीको निर्देशन तथा छायांकनमा तयार पारिएको म्युजिक भिडियोमा प्रमिला भट्टराई र शोनीप विक्रम शाहीको अभिनय रहेको छ। साथै, निकिता थापा, दीपिका थापा र प्रीति पाण्डेले आकर्षक नृत्य प्रस्तुत गरेका छन्। भिडियोलाई व्यवस्थित रूपमा सञ्चालन जनक भट्टराईले गरेका हुन्। Bharat Chettri युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतले प्रवासमा रहेर पनि नेपाली कला, संस्कृति र चाडपर्वको प्रवर्द्धनमा सशक्त भूमिका खेल्ने विश्वास लिइएको छ। विदेशी भूमिमा बसेका नेपालीहरूका लागि भावनात्मक रूपमा जोडिने यस गीतले तीज पर्वको उल्लासलाई थप रंगीन बनाउनेछ। नेपाली नारीहरूको संवेदना र मौलिक पर्वको महत्वलाई उजागर गर्दै, "मेरो त देशै माइती भयो" तीज गीतले दर्शक–श्रोताको मन जित्ने अपेक्षा गरिएको छ।

छुसकमा ब्याडमिन्टन प्रतियोगिता आयोजना हुँदै

सेप्टेम्बर २१ मा हुने ‘प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५’ को तयारि पुरा, टाइस…

सेप्टेम्बर २१ मा हुने ‘प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५’ को तयारि पुरा, टाइस…

काेरियाकाे बुसानमा Gen-Z आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा श्रद्धाञ्जली

फोनमनीबाट पहिलो कारोबारमा सबैलाई ५००० कोरियन वन बोनस

कोरियामा पर्वतिय चलचित्र महोत्सव हुँदै, दयाहाङ राइ, मिरुना मगर लगायत दर्जनौँ…

फोनमनीले हस्तान्तरण गर्यो विजेतालाइ १ करोड, पुरस्कार रकमबाट घर निर्माण गर्दै व…

प्रतिक्रिया