"मेरो त देशै माइती भयो" तीज गीत सार्वजनिक

दक्षिण कोरियाको थेसो क्षेत्रमा नेपाली चेलीहरूको उल्लेखनीय सहभागितासहित छायांकन गरिएको तीज गीत "मेरो त देशै माइती भयो"  सार्वजनिक भएको छ। दिवस तिवारीको शब्द र संगीत तथा लोकप्रिय लोकगायिका पूर्णकला बिसीको सुमधुर स्वरले सजिएको यो गीतले वैवाहिक जीवनमा नेपाली महिलाले भोग्ने भावनात्मक पिडा, विदेशमा बस्दा आउने हर्ष–विषाद र तीज पर्वको मौलिकतालाई मार्मिक रूपमा चित्रण गरेको छ। गीतको एरेन्ज तथा संगीत संयोजन रमेश सेन्चुरीले गरेका छन् भने रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ सुरज भुसालले सम्पन्न गरेका हुन्। सोनम पराजुलीको निर्देशन तथा छायांकनमा तयार पारिएको म्युजिक भिडियोमा प्रमिला भट्टराई र शोनीप विक्रम शाहीको अभिनय रहेको छ। साथै, निकिता थापा, दीपिका थापा र प्रीति पाण्डेले आकर्षक नृत्य प्रस्तुत गरेका छन्। भिडियोलाई व्यवस्थित रूपमा सञ्चालन जनक भट्टराईले गरेका हुन्। Bharat Chettri युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतले प्रवासमा रहेर पनि नेपाली कला, संस्कृति र चाडपर्वको प्रवर्द्धनमा सशक्त भूमिका खेल्ने विश्वास लिइएको छ। विदेशी भूमिमा बसेका नेपालीहरूका लागि भावनात्मक रूपमा जोडिने यस गीतले तीज पर्वको उल्लासलाई थप रंगीन बनाउनेछ। नेपाली नारीहरूको संवेदना र मौलिक पर्वको महत्वलाई उजागर गर्दै, "मेरो त देशै माइती भयो" तीज गीतले दर्शक–श्रोताको मन जित्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्रालय र दुतावासमा ज्ञापनपत्र

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्रालय र दुतावासमा ज्ञापनपत्र

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…

जुन ६–७ मा लमजुङ परिवारको बृहत् पिकनिक हुँदै

जुन ६–७ मा लमजुङ परिवारको बृहत् पिकनिक हुँदै

दक्षिण कोरियाको आनसानमा ‘होली महोत्सव–२०२६’ आयोजना हुँदै

दक्षिण कोरियाको आनसानमा ‘होली महोत्सव–२०२६’ आयोजना हुँदै

नेपाली राजदूतावास दक्षिण कोरियाको सिफारीसमा २ जना नेपाली विद्यार्थीलाइ छात्रवृत्ती

नेपाली राजदूतावास दक्षिण कोरियाको सिफारीसमा २ जना नेपाली विद्यार्थीलाइ छात्र…

दक्षिण कोरियामा नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेलाई ‘बेस्ट एम्बासडर २०२६’ अवार्ड

दक्षिण कोरियामा नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेलाई ‘बेस्ट एम्बासडर २०२…

आइबीके बैंकको सेवा १२ घण्टा बन्द हुने, क्रेडिट कार्ड बाहेक अरु सेवा नचल्ने

आइबीके बैंकको सेवा १२ घण्टा बन्द हुने, क्रेडिट कार्ड बाहेक अरु सेवा नचल्ने

फोनिज कोरियाको चौथो अधिवेशनबाट उत्तम खजुमको नेतृत्वमा नयाँ कार्यसमिति

फोनिज कोरियाको चौथो अधिवेशनबाट उत्तम खजुमको नेतृत्वमा नयाँ कार्यसमिति