कोरियामा यस बर्षका भलिबल प्रतियोगिता शुरु, अप्रिल ६ मा ४० लाख वनको प्रतियोगिता

दक्षिण कोरियामा नेपालको राष्ट्रिय खेल भलिबलको सिजन शुरु भइसकेको छ । कोरियामा रहेका नेपाली भलिबल खेलाडीहरूको अबको समय कोरियामा हुने प्रतियोगितामा सक्रिय सहभागिता जनाउँदै बित्नेछ ।
यसको सुरुवात हुँदैछ यो बर्षको पहिलो प्रतियोगिता आगामी अप्रिल ६ तारिखबाट । एनआरएनए दक्षिण कोरियाको आयोजनामा अप्रिल ६ तारिख आइतबार ‘एनआरएनए भलिबल टुर्नामेन्ट २०२५’ आयोजना हुँदैछ जसको नाम दर्ता यही मार्च २९ तारिख सम्म गर्न सकिनेछ भने टाइसिट मार्च ३० तारिखमा हुने आयोजकले जनाएको छ । यस प्रतियोगितामा पुरस्कार भने कोरियाका प्रतियोगिताहरू मध्य को सबैभन्दा उच्च राखिएको छ । यस प्रतियोगिताको विजेता टिमले नगद ४० लाख वन का साथमा ट्रफी प्राप्त गर्नेछ । त्यस्तै उपविजेता टिमले २० लाख वन र ट्रफी प्राप्त गर्नेछ । यस प्रतियोगिताका लागी टिम दर्ता शुल्क ३ लाख ५० हजार वन तोकिएको छ । प्रतियोगिता अघिल्लो वर्षका धेरै प्रतियोगिता आयोजना गरिएको सुवन स्थित आजु विश्वविद्यालयको भलिबल कोर्टमा आयोजना हुँदैछ । अन्य जानकारी तथा टिम दर्ताका लागी पोस्टरमा रहेका नम्बरहरूमा सम्पर्क गर्न सक्नुहुनेछ ।

छुसकमा ब्याडमिन्टन प्रतियोगिता आयोजना हुँदै

सेप्टेम्बर २१ मा हुने ‘प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५’ को तयारि पुरा, टाइस…

सेप्टेम्बर २१ मा हुने ‘प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५’ को तयारि पुरा, टाइस…

काेरियाकाे बुसानमा Gen-Z आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा श्रद्धाञ्जली

फोनमनीबाट पहिलो कारोबारमा सबैलाई ५००० कोरियन वन बोनस

कोरियामा पर्वतिय चलचित्र महोत्सव हुँदै, दयाहाङ राइ, मिरुना मगर लगायत दर्जनौँ…

"मेरो त देशै माइती भयो" तीज गीत सार्वजनिक

प्रतिक्रिया