Fonemoneyको १ करोड वन जित्ने अफर ३ महिना थप
अझै १२ जनाले थप पैसा डबल हुने मौका पाउने

Fonemoneyको १ करोड वन जित्ने अफरको अवधि अब ३ महिना थप भएको छ । रेमिटेन्स कम्पनी Fonemoneyले पछिल्लो समयमा सेवाग्राहीहरुबाट व्यक्त बढ्दो चाहनालाई मध्यनजर गर्दै Fonemoney साथमा १ करोड हातमा योजनाको अवधि मार्च ३१,२०२५ सम्मको लागि बढाइएको जनाएको छ ।
कम्पनीको यो अफर अवधि बढेसंगै अरु १२ जना सेवाग्राहीले पैसा डबल बनाउने मौका पाउनेछन् । २१ हप्ताको अवधिमा हालसम्म Fonemoneyबाट पैसा पठाउने २१ जनाको रेमिटेन्स पठाएको पैसा डबल भईसकेको छ । आगामी साता सोमबारपनि सो साताको आईतबारसम्म पैसा पठाउने मध्येबाट लक्की ड्रमार्फत् पैसा डबल हुने एक भाग्यशाली सेवाग्राही छनौट हुनेछन्।
Fonemoneyले शुन्य सेवा शुल्कमा सेवा दिदै आईरहेको छ । कोरियामा नेपालीहरुको विश्वास जित्दै गरेको रेमिट Fonemoneyले Refer and Earn योजना समेत संचालन गरेको छ जसमा Fonemoneyको एप ३ जनालाई रिफर गर्नेले रु १००० र नयाँ खाता बनाउनेले ईसेवा वालेटमा रु.१०० पाउनेछन्।
Fonemoneyको सहकार्यमा कोरियामा Laxmi Sunrise Bankले विभिन्न सेवाहरु प्रदान गर्दै आएको छ । बैंकबाट SAVING तथा REMIT खाता तुरुन्तै खोली कोरियाबाटै IPO भर्न सकिनेछ । साथै DMAT, C-ASBA, IPO तथा SHARE कारोबारका विभिन्न सुविधामा पनि सहकार्य गरी सेवाग्राहीलाई सुविधा दिदै आएको छ ।
Laxmi Sunriseकै डिजिटल बैंकिङ्ग एप OrangeNXTबाट कोरियामा रहेका नेपालीहरुले घरमै बसेर खाता खोल्ने तथा २४ सै सपोर्ट सुविधा सहित उत्कृष्ट बैंकिङ्ग सुविधा पाउँदै आएको छ ।
१ करोड वनको पछिल्लो अफर समयावधि थपले सेवाग्राहीहरुले थप फाइदा पाउने र Fonemoneyको सेवा हालसम्म लिन पाइनसक्नु भएका नेपालीहरुको लागि सुनौलो अवसर हुने कम्पनीले दावी गरेको छ । सुरक्षित रेमिटेन्स कारोवारका डिभाईस डिडेक्टर प्रविधिसहित छिटो र छरितो सेवाको कारण पनि Fonemoney प्रति कोरियामा जनविश्वास बढ्दै गईरकेको पाइएकोछ

कोरियामा यस बर्षका भलिबल प्रतियोगिता शुरु, अप्रिल ६ मा ४० लाख वनको प्रतियोगि…

कोरियामा करोडपति बन्ने अवसर मार्च मसान्त सम्म

कोरियाको फोनमनीमा शेयर सम्बन्धि गोष्ठी सम्पन्न

जिन्लाप तामाङको ‘कोरियाको शहरमा’ बोलको गीत म्युजिक भिडियो सहित सार्वजनिक

कोरियाको दोंगदेमुनमा शेयर बजारबारे कार्यक्रम हुने

काेरियामा निमार्ण गरिएकाे 'तिम्रै पीरले' गीत शनिबार सार्वजनिक हुने

जनवरी ५ तारीकमा काेरियामा तमू ल्हाेसार मनाइँदै

प्रतिक्रिया