कोरियाको सौलमा डिसेम्बर १५ तारिख चासोक तङनाम मनाइने
दक्षिण कोरियामा डिसेम्बर १५ तारिख आइतबारका दिन चसोक तङनाम मनाइने भएको छ। उक्त दिन चुम्लुङ कोरिया सौल केन्द्रले चासोक मनाउने भएको हो। विगतका वर्षहरुमा झै यो वर्षपनि विभिन्न साँस्कृतिक झाँकी, मौलिक लिम्बू परिकारको साथमा तङनाम मनाइने आयोजकले जनाएको छ।
चासोक तङनाममा कोरियामा रहेका गायक पेपराज माबोहाङ, सुमन लिम्बू, भीमसागर मादेम्बा, सायल हेल्लोक, मिथुन तुम्बापो र मन्दिरा नेम्बाङको सांगीतिक प्रस्तुति रहनेछ भने केलाङ र धान नाच समेत रहने छ। चासोक सेवा अनुष्ठान गर्ने कार्यक्रम सँगै लिम्बू मौलिक परिकार याङ्बेन, तिते, फाक्सा आदि पनि रहने अध्यक्ष विनोद सौदेनले फोनिज कोरियालाई जानकारी गराएका छन्।
लिम्बू समुदायमा नयाँ अन्नबाली पितृहरुलाई चढाएर मात्र ग्रहण गर्ने परम्परा रहिआएको छ यसैलाई चासोक भनिन्छ। गतवर्ष गायक शाइल लिम्बूको साथमा चुम्लुङ कोरियाले तङनाम मनाएको थियो।
छुसकमा ब्याडमिन्टन प्रतियोगिता आयोजना हुँदै
सेप्टेम्बर २१ मा हुने ‘प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५’ को तयारि पुरा, टाइस…
सेप्टेम्बर २१ मा हुने ‘प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५’ को तयारि पुरा, टाइस…
काेरियाकाे बुसानमा Gen-Z आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा श्रद्धाञ्जली
फोनमनीबाट पहिलो कारोबारमा सबैलाई ५००० कोरियन वन बोनस
कोरियामा पर्वतिय चलचित्र महोत्सव हुँदै, दयाहाङ राइ, मिरुना मगर लगायत दर्जनौँ…
"मेरो त देशै माइती भयो" तीज गीत सार्वजनिक
प्रतिक्रिया