कोरियामा निर्माण गरिएको "तिम्रो नजर" गीतको म्युजिक भिडियो सार्वजनिक
अध्ययन तथा रोजगारीका सिलसिलामा दक्षिण कोरियामा रहेका नेपाली कलाकारहरूले निर्माण गरेको "तिम्रो नजर" बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतको भिडियो सोम बुढा युट्युब च्यानल मार्फत गत आइतवार सार्वजनिक भएको हो । सार्वजनिक भएको भिडियोमा सोम बुढाको शब्द, संगीत र स्वर रहेको छ भने यस गीतमा दिपेन ताम्रकार, प्रभा गुरुङ र सनी थापा मगरको अभिनय रहेको छ । दिपेनले यसअघि पनि म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् भने प्रभा र सनीको यो डेब्यू म्युजिक भिडियो हो । भिडियो
आयुष उप्रेतीले निर्देशन गरेको यस म्युजिक भिडियोको छायांकन र सम्पादन भने दीपक पौडेलले गरेका हुन् । यस भिडियोको छायांकन कोरियाको सउल र सुवनका विभिन्न स्थानमा गरिएको हो । यस भिडियोमा आफूले मन पराएको मान्छेले अरु कसैलाई मन पराएको बिषय बस्तुलाइ आधार बनाइएको छ ।
कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…
कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…
जुन ६–७ मा लमजुङ परिवारको बृहत् पिकनिक हुँदै
दक्षिण कोरियाको आनसानमा ‘होली महोत्सव–२०२६’ आयोजना हुँदै
नेपाली राजदूतावास दक्षिण कोरियाको सिफारीसमा २ जना नेपाली विद्यार्थीलाइ छात्र…
दक्षिण कोरियामा नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेलाई ‘बेस्ट एम्बासडर २०२…
आइबीके बैंकको सेवा १२ घण्टा बन्द हुने, क्रेडिट कार्ड बाहेक अरु सेवा नचल्ने
प्रतिक्रिया