कोरियामा निर्माण गरिएको "तिम्रो नजर" गीतको म्युजिक भिडियो सार्वजनिक

अध्ययन तथा रोजगारीका सिलसिलामा दक्षिण कोरियामा रहेका नेपाली कलाकारहरूले निर्माण गरेको "तिम्रो नजर" बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतको भिडियो सोम बुढा युट्युब च्यानल मार्फत गत आइतवार सार्वजनिक भएको हो । सार्वजनिक भएको भिडियोमा सोम बुढाको शब्द, संगीत र स्वर रहेको छ भने यस गीतमा दिपेन ताम्रकार, प्रभा गुरुङ र सनी थापा मगरको अभिनय रहेको छ । दिपेनले यसअघि पनि म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् भने प्रभा र सनीको यो डेब्यू म्युजिक भिडियो हो । भिडियो
आयुष उप्रेतीले निर्देशन गरेको यस म्युजिक भिडियोको छायांकन र सम्पादन भने दीपक पौडेलले गरेका हुन् । यस भिडियोको छायांकन कोरियाको सउल र सुवनका विभिन्न स्थानमा गरिएको हो । यस भिडियोमा आफूले मन पराएको मान्छेले अरु कसैलाई मन पराएको बिषय बस्तुलाइ आधार बनाइएको छ ।

छुसकमा ब्याडमिन्टन प्रतियोगिता आयोजना हुँदै

सेप्टेम्बर २१ मा हुने ‘प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५’ को तयारि पुरा, टाइस…

सेप्टेम्बर २१ मा हुने ‘प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५’ को तयारि पुरा, टाइस…

काेरियाकाे बुसानमा Gen-Z आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा श्रद्धाञ्जली

फोनमनीबाट पहिलो कारोबारमा सबैलाई ५००० कोरियन वन बोनस

कोरियामा पर्वतिय चलचित्र महोत्सव हुँदै, दयाहाङ राइ, मिरुना मगर लगायत दर्जनौँ…

"मेरो त देशै माइती भयो" तीज गीत सार्वजनिक

प्रतिक्रिया