कोरिया आएको २ महिनामै क्यान्सर, अस्पतालबाट सहयोगको अपिल गर्दै अमृत

नेपालबाट दक्षिण कोरिया प्रवेश गरेको दुई महिना पनि नपुग्दै एकजना नेपाली विद्यार्थी क्यान्सरजस्तो गम्भीर रोग लागेर अस्पतालमा उपचार गराइरहेका छन् । नेपालको झापा स्थायी घर भएका अमृत राजवंशी जुङ्बुक विश्वविद्यालय दक्षिण कोरियाको पहिलो सेमेस्टरका विद्यार्थी हुन्। उनलाई केही समय अगाडि मेकेल्स डाइभर्टीकुलम ( अर्थात् सानो आन्द्राको क्यान्सर) भएको पत्ता लागेपछि अहिले गोयाङस्थित म्यङ्जी अस्पतालमा उपचार जारी छ । उनको पहिलो शल्यक्रिया सफल भइसकेको र दोस्रो शल्यक्रिया तुरुन्त गर्नुपर्ने अवस्था रहेको छ । अस्पतालका डाक्टरका अनुसार अझै १ महिना अस्पताल बस्नुपर्ने जनाइएको छ । यस्तोमा उपचार प्रक्रियामा ठुलो रकम खर्च हुने निश्चित छ। कोरिया आएको धेरै नभएको तथा आर्थिक अवस्था समेत अत्यन्तै कमजोर रहेकाले कोरिया वासी नेपालीहरूमा सहयोगको अपिल गरिएको छ ।
उनको उपचारका लागी आवश्यक सहयोगका लागी कोरियामा रहेका विद्यार्थीहरूको साझा संस्था सोन्सिकले संयोजन गरिरहेको छ ।
परदेशमा रोगले थलिएका अमृतको उपचारमा कोरिया वासी नेपालीहरू बीच यसै भिडियोमार्फत सहयोगको अपिल गर्दछौँ ।
सहयोगका लागी सोनसिकको उरी बैङ्कमा रहेको खाता नम्बर
१००५-३०२-७५३५६४ मा सहयोग रकम जम्मा गर्न सक्नुहुनेछ । साथै थप जानकारीका लागी सोनसिक सभापति तथा सचिवको दिइएका नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ ।

छुसकमा ब्याडमिन्टन प्रतियोगिता आयोजना हुँदै

सेप्टेम्बर २१ मा हुने ‘प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५’ को तयारि पुरा, टाइस…

सेप्टेम्बर २१ मा हुने ‘प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५’ को तयारि पुरा, टाइस…

काेरियाकाे बुसानमा Gen-Z आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा श्रद्धाञ्जली

फोनमनीबाट पहिलो कारोबारमा सबैलाई ५००० कोरियन वन बोनस

कोरियामा पर्वतिय चलचित्र महोत्सव हुँदै, दयाहाङ राइ, मिरुना मगर लगायत दर्जनौँ…

"मेरो त देशै माइती भयो" तीज गीत सार्वजनिक

प्रतिक्रिया