कोरिया आएको २ महिनामै क्यान्सर, अस्पतालबाट सहयोगको अपिल गर्दै अमृत

नेपालबाट दक्षिण कोरिया प्रवेश गरेको दुई महिना पनि नपुग्दै एकजना नेपाली विद्यार्थी क्यान्सरजस्तो गम्भीर रोग लागेर अस्पतालमा उपचार गराइरहेका छन् । नेपालको झापा स्थायी घर भएका अमृत राजवंशी जुङ्बुक विश्वविद्यालय दक्षिण कोरियाको पहिलो सेमेस्टरका विद्यार्थी हुन्। उनलाई केही समय अगाडि मेकेल्स डाइभर्टीकुलम ( अर्थात् सानो आन्द्राको क्यान्सर) भएको पत्ता लागेपछि अहिले गोयाङस्थित म्यङ्जी अस्पतालमा उपचार जारी छ । उनको पहिलो शल्यक्रिया सफल भइसकेको र दोस्रो शल्यक्रिया तुरुन्त गर्नुपर्ने अवस्था रहेको छ । अस्पतालका डाक्टरका अनुसार अझै १ महिना अस्पताल बस्नुपर्ने जनाइएको छ । यस्तोमा उपचार प्रक्रियामा ठुलो रकम खर्च हुने निश्चित छ। कोरिया आएको धेरै नभएको तथा आर्थिक अवस्था समेत अत्यन्तै कमजोर रहेकाले कोरिया वासी नेपालीहरूमा सहयोगको अपिल गरिएको छ ।
उनको उपचारका लागी आवश्यक सहयोगका लागी कोरियामा रहेका विद्यार्थीहरूको साझा संस्था सोन्सिकले संयोजन गरिरहेको छ ।
परदेशमा रोगले थलिएका अमृतको उपचारमा कोरिया वासी नेपालीहरू बीच यसै भिडियोमार्फत सहयोगको अपिल गर्दछौँ ।
सहयोगका लागी सोनसिकको उरी बैङ्कमा रहेको खाता नम्बर
१००५-३०२-७५३५६४ मा सहयोग रकम जम्मा गर्न सक्नुहुनेछ । साथै थप जानकारीका लागी सोनसिक सभापति तथा सचिवको दिइएका नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्रालय र दुतावासमा ज्ञापनपत्र

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्रालय र दुतावासमा ज्ञापनपत्र

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…

जुन ६–७ मा लमजुङ परिवारको बृहत् पिकनिक हुँदै

जुन ६–७ मा लमजुङ परिवारको बृहत् पिकनिक हुँदै

दक्षिण कोरियाको आनसानमा ‘होली महोत्सव–२०२६’ आयोजना हुँदै

दक्षिण कोरियाको आनसानमा ‘होली महोत्सव–२०२६’ आयोजना हुँदै

नेपाली राजदूतावास दक्षिण कोरियाको सिफारीसमा २ जना नेपाली विद्यार्थीलाइ छात्रवृत्ती

नेपाली राजदूतावास दक्षिण कोरियाको सिफारीसमा २ जना नेपाली विद्यार्थीलाइ छात्र…

दक्षिण कोरियामा नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेलाई ‘बेस्ट एम्बासडर २०२६’ अवार्ड

दक्षिण कोरियामा नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेलाई ‘बेस्ट एम्बासडर २०२…

आइबीके बैंकको सेवा १२ घण्टा बन्द हुने, क्रेडिट कार्ड बाहेक अरु सेवा नचल्ने

आइबीके बैंकको सेवा १२ घण्टा बन्द हुने, क्रेडिट कार्ड बाहेक अरु सेवा नचल्ने

फोनिज कोरियाको चौथो अधिवेशनबाट उत्तम खजुमको नेतृत्वमा नयाँ कार्यसमिति

फोनिज कोरियाको चौथो अधिवेशनबाट उत्तम खजुमको नेतृत्वमा नयाँ कार्यसमिति