सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको दशौँ वार्षिक उत्सव यही नोभेम्बर ३ तारिखमा

दक्षिण कोरियामा सक्रिय सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको दशौं वार्षिक उत्सव कार्यक्रम यही नोभेम्बर ३ तारिख आइतबारका लागि तोकिएको छ ।
कार्यक्रम दोंदेमुनको नेपाली थाइ रेष्टुरेण्टकाे सभाहलमा सम्पन्न हुने आयोजकले जनाएको छ । दशौँ वार्षिक उत्सव कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुनेछ । आपसी सहयोग सद्भाव र सदाचार सिन्धुपाल्चोक बासी मिलनको आधार भन्ने मूल नाराका साथ सन् २०१४ मा स्थापित सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले कोरियामा रहेका सिन्धुपाल्चोक बासीका लागि विभिन्न कार्यहरू गर्दै आएको छ । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । ३ तारिख आइतबार ११ बजेदेखि सुरु हुने सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको दशौं वार्षिक उत्सव कार्यक्रममा विभिन्न सिलसिलामा दक्षिण कोरियामा रहनुभएका सम्पूर्ण नेपालीहरुमा उपस्थितिका लागि हार्दिक निमन्त्रणा समेत गरिएको छ ।

छुसकमा ब्याडमिन्टन प्रतियोगिता आयोजना हुँदै

सेप्टेम्बर २१ मा हुने ‘प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५’ को तयारि पुरा, टाइस…

सेप्टेम्बर २१ मा हुने ‘प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५’ को तयारि पुरा, टाइस…

काेरियाकाे बुसानमा Gen-Z आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा श्रद्धाञ्जली

फोनमनीबाट पहिलो कारोबारमा सबैलाई ५००० कोरियन वन बोनस

कोरियामा पर्वतिय चलचित्र महोत्सव हुँदै, दयाहाङ राइ, मिरुना मगर लगायत दर्जनौँ…

"मेरो त देशै माइती भयो" तीज गीत सार्वजनिक

प्रतिक्रिया