पहिलो एशिया प्यासिफिक ट्रेल रनिङ च्याम्पियनसिपमा भाग लिन नेपाली खेलाडी कोरियामा

पहिलो पटक हुन लागेको एसिया प्यासिफिक ट्रेल रनिङ च्याम्पियनसिपमा भाग लिन नेपाली खेलाडीको टोली दक्षिण कोरियामा अवतरण गरेकाे छ ।
सन् २०१३ मा स्थापना भएको अन्तर्राष्ट्रिय ट्रेल रनिङ एशोसिएसनले पहिलोपटक आयोजना गरेको प्रतियोगितामा नेपालका खेलाडी पनि सहभागि हुने भएका हुन् । दक्षिण कोरियामा यही अक्टुवर २३ तारिकदेखि २७ तारिखसम्म हुने च्याम्पियनसिपमा भाग लिन जाने खेलाडीहरूमा गोपाल तामाङ लामा, मनकुमार मगर, प्रिया राई, रसिला तामाङ, तिलक सुनुवार र तिर्थ तामाङ रहेका छन् । नेपालबाट १० जना खेलाडी सहभागी हुने भनाएकोमा ६ जनाको मात्र भिषा लागेको आयोजकले जनाएको छ । प्रतियोगितामा विश्वका २५ देशका ४ सय भन्दा बढि धावकहरुले भाग लिने अनुमान गरिएको छ । प्रतियोगितामा सहभागि हुने खेलाडीहरुका लागि आयोजक संस्थाले विभिन्न मापदण्डहरु तय गरेको छ । अन्तर्राष्ट्रिय ट्रेल रनिङ एशोसिएसनले पहिलो पटक एसिया प्यासिफिक ट्रेल रनिङ च्याम्पियनसिप आयोजना गर्ने निणर्य गरेपछि च्याम्पियनसिप आयोजना गर्न इच्छुक देशहरूका लागि बोलपत्र समेत खोलेको थियो । जसमा पोखरा ट्रेल रेस शृंखलाका राजीव श्रेष्ठले पनि प्रतियोगितालाई नेपालको पोखरामा ल्याउन आवेदन गरेको भएपनि कोरियन ट्रेल सञ्चालन गर्ने आयोजक कम्पनी जेएससिईएनओले जिम्मेवारी पाएको हो । पोखरा ट्रेल दौड प्रतियोगिताका संस्थापक समेत रहनुभएका श्रेष्ठले ट्रेल दौड खेलकुदको विकास, नेपाली ट्रेल धावकहरूको उत्थान र खेल पर्यटन प्रवद्धन गर्न पोखरालाई ट्रेल दौड गन्तव्यको रूपमा प्रस्तुत गर्नुभएको थियो ।  प्रतियोगितामा सहभागि हुन ६ नेपाली धावकका लागि आवेदन दिईएकोमा पछि प्रतियोगितामा भाग लिनका लागि व्यक्तिगत रूपमा आवेदन दिएका अन्य ४ धावकलाई समेत नेपाल रोस्टरमा थपिएको थियो । आयोजक र कोरियालीसँग समन्वय गर्ने जिम्मा श्रैष्ठले पाएका थिए । नेपालस्थित दूतावासले भिसा अपोइन्टमेन्ट मिति सुरक्षित गर्नको लागि, कणर्ाली स्पोर्ट्स क्लबका सरोजले नेपाल खेलकुद परिषद्लाई फलोअप गर्ने र आवश्यक परेको खण्डमा सबै दश खेलाडीहरूलाई सहयोग गर्न पहल गरेको भएपनि चार जना खेलाडीको भिषा नलागेको बताईएको छ । उनिहरुका लागि विमानको टिकट खर्च व्यवस्थापनका लागि आर्थिक सहयोग हङकङमा रहेको कम्पनी एचके १०० वाट प्राप्त भएको थियो । स्टिभ ब्रामर र जेनेट एनजी, HK100 का रेस निर्देशकहरूले नेपाली टोलीलाई विश्वास गरेर आर्थिक सहयोग उपलव्ध गराएका हुन् । प्रमुख प्रायोजक एचके १०० सँगै नेपाली स्थानीय फिटनेससंस्थाहरु, अनलाइन हब, फिट नेपाल काठमाण्डौले पनि काठमाण्डौंदेखि आईसिएन र आइसिएन वाट उल्सान सम्मको टिकटको लागि सहयोग गरेको श्रेष्ठले जानकारी दिनुभयो ।

कोरियामा यस बर्षका भलिबल प्रतियोगिता शुरु, अप्रिल ६ मा ४० लाख वनको प्रतियोगि…

कोरियामा करोडपति बन्ने अवसर मार्च मसान्त सम्म

कोरियाको फोनमनीमा शेयर सम्बन्धि गोष्ठी सम्पन्न

जिन्लाप तामाङको ‘कोरियाको शहरमा’ बोलको गीत म्युजिक भिडियो सहित सार्वजनिक

कोरियाको दोंगदेमुनमा शेयर बजारबारे कार्यक्रम हुने

Fonemoneyको १ करोड वन जित्ने अफर ३ महिना थप

काेरियामा निमार्ण गरिएकाे 'तिम्रै पीरले' गीत शनिबार सार्वजनिक हुने

प्रतिक्रिया