दक्षिण कोरियाको छल्लानाम्दोमा ‘ एक साता लामो ग्लोबल कल्चर नेपाल’ प्रदर्शनी हुने

दक्षिण कोरियाको छल्लानाम्दो प्रदेश स्थित यङआम गाँउपालिका अन्तर्गत बिबिध साँस्कृतिक कम्प्लेक्समा द फस्ट ग्लोबल कल्चर वीक नेपाल प्रदर्शन हुने भएको छ ।
माक्पो, साम्हो साझा चौतारी नेपाल दषिण कोरियाद्धारा नेपाल र नेपाली जनजीवन खानपान, नेपाली कला संस्कृती तथा रितीरिबजाका साथै नेपाली भाषाको प्रवद्र्धनका लागि कार्यक्रम गर्न थालिएको हो । यहि अक्टोबर २० गतेदेखि सातासम्म संचालन हुने प्रदर्शनीमा नेपाल देखि बौद्ध हिन्दु धर्मका बिबिध प्रतिमाहरु थांका, बाजा तथा लुगा कपडा साथै रामायण, श्रीमद्भागवत, त्रीपिटक र नेपाल बारे कोरियालीहरुले लेखेका एघारवटा पुस्तक तथा नेपाली सुजन शाक्यले लेखेका २ पुस्तकको प्रदर्शनी गरिने भएको छ ।
त्यसैगरी नेपालमा सम्भावित व्यापार ब्यावसाय गर्न सकिने गाइड बुकहरु समेत प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ । नेपालको पर्यटन प्रवद्र्धन समन्धी सामाग्री साथै डकुमेन्ट्री तथा ३ वटा नेपाली चलचित्र देखाइने प्रदर्शनीमा नेपाली समुदायबाट प्रतिनिधित्व गर्ने मोक्पो साम्हो साझा चौतारीका अध्यक्ष रिक्की गुरुङले बताउनुयो ।््
उक्त क्षेत्रमा वसोवास गर्नुहुने नेपाली दाजुभाइ दिदिबहिनीहरुले उक्त कार्यका लागि आर्थिक अभियान समेत चलाएका छन् । कार्यक्रमका लागि नेपाली राजदुतावास र तिब्बतियन म्युजियमको सहयोग रहेको छ । नेपाल र नेपाली समन्धी सकेसम्म सबै जिज्ञासा मेटाउन कोसिस गरिएको उक्त प्रदर्शनीमा नेपाली तथा कोरियाली लोक साँस्कृतिक कार्यक्रम पनि हुने भएको छ । कोरियालीहरुलाइ नेपाली खानाको अनुभव पनि गराइने आयोजकले जनाएको छ ।

कमला के.सी

कमला के.सी कोरियामा रहेर सक्रिय पत्रकारिता गर्नुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्रालय र दुतावासमा ज्ञापनपत्र

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्रालय र दुतावासमा ज्ञापनपत्र

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…

जुन ६–७ मा लमजुङ परिवारको बृहत् पिकनिक हुँदै

जुन ६–७ मा लमजुङ परिवारको बृहत् पिकनिक हुँदै

दक्षिण कोरियाको आनसानमा ‘होली महोत्सव–२०२६’ आयोजना हुँदै

दक्षिण कोरियाको आनसानमा ‘होली महोत्सव–२०२६’ आयोजना हुँदै

नेपाली राजदूतावास दक्षिण कोरियाको सिफारीसमा २ जना नेपाली विद्यार्थीलाइ छात्रवृत्ती

नेपाली राजदूतावास दक्षिण कोरियाको सिफारीसमा २ जना नेपाली विद्यार्थीलाइ छात्र…

दक्षिण कोरियामा नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेलाई ‘बेस्ट एम्बासडर २०२६’ अवार्ड

दक्षिण कोरियामा नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेलाई ‘बेस्ट एम्बासडर २०२…

आइबीके बैंकको सेवा १२ घण्टा बन्द हुने, क्रेडिट कार्ड बाहेक अरु सेवा नचल्ने

आइबीके बैंकको सेवा १२ घण्टा बन्द हुने, क्रेडिट कार्ड बाहेक अरु सेवा नचल्ने

फोनिज कोरियाको चौथो अधिवेशनबाट उत्तम खजुमको नेतृत्वमा नयाँ कार्यसमिति

फोनिज कोरियाको चौथो अधिवेशनबाट उत्तम खजुमको नेतृत्वमा नयाँ कार्यसमिति