जुलाइ ७ तारिकमा चौथो एनआरएनए पुल प्रतियोगिता

वीरगञ्ज कृषि औजार कारखाना पुन संचालन गर्ने महाविर पुनको अभियानमा साथ दिन कोरियामा पुल प्रतियोगिता आयोजना गरिएको छ ।
गैर आवसिय नेपाली संघ ख्यङ्साङ प्रान्तको आयोजनामा यहि जुलाइ ७ तारिकमा चौथो एनआरएनए पुल प्रतियोगिता आयोजना गरिएको हो ।
पुल प्रतियोगितामा विजेता र उपविजेता हुने खेलाडीले ट्रफी र प्रमाण पत्र सहित क्रमशः १३ लाख र ७ लाख कोरियन वन पुरस्कार प्राप्त गर्नेछन् भने सान्त्वना स्थान हासिल गर्ने खेलाडीलाई ७० हजार कोरियन वोन सहित ट्रफि र प्रमाण पत्र प्रदान गरिनेछ।
हालसम्म ६६ जना पुल खेलाडीले प्रतियोगितामा आफ्नो नाम दर्ता गरिसकेको छ भने खेलसम्बन्धी टाई सिट जुलाई ६ तारिक बेलुकी ६ बजे पछाडि प्रत्यक्ष प्रसारण गरिने र प्रतियोगिता ७ तारिखका दिन बिहान ८ बजेदेखि शुरु हुने आयोजकले जनाएको छ । पुल प्रतियोगिता कार्यक्रम सफल बनाउन सम्पूर्ण खेल प्रेमी महानुभावहरूलाई सहयोगको अपिल गर्दै उपस्थितिको लागि हार्दिक निमन्त्रणा समेत गरेको छ ।

छुसकमा ब्याडमिन्टन प्रतियोगिता आयोजना हुँदै

सेप्टेम्बर २१ मा हुने ‘प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५’ को तयारि पुरा, टाइस…

सेप्टेम्बर २१ मा हुने ‘प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५’ को तयारि पुरा, टाइस…

काेरियाकाे बुसानमा Gen-Z आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा श्रद्धाञ्जली

फोनमनीबाट पहिलो कारोबारमा सबैलाई ५००० कोरियन वन बोनस

कोरियामा पर्वतिय चलचित्र महोत्सव हुँदै, दयाहाङ राइ, मिरुना मगर लगायत दर्जनौँ…

"मेरो त देशै माइती भयो" तीज गीत सार्वजनिक

प्रतिक्रिया