आज कोरियाको 현충일, अर्थात स्मृती दिवस

आज कोरियाको 현충일, अर्थात कोरियाली युद्धका शहिदहरु को सम्झनामा मनाइने स्मृती दिवस । आज कोरियाभर सार्वजनिक बिदा दिइन्छ । हरेक बर्षको जुन ६ तारिकलाइ ह्यन्चुङइलको रुपमा मनाइने गर्दछ । आजपनि ६५ औँ स्मृति दिवस कोरियाको सउल राष्ट्रिय समाधि स्थलमा यो दिवस भव्यताका साथ मनाइएको छ । समाधिस्थल रहेका शहिदहरु को चिहानमा फुल चढाउँदै मौन धारण गरी उनीहरुको त्याग र बलिदानको सम्मान गरिएको छ । उक्त सार्वजनिक कार्यक्रममा कोरियाका राष्ट्रपति युन सक यल पनि सहभागी भएका थिए ।
यो दिन कोरियाको राष्ट्रिय झण्डा पनि आधा झुकाइने गर्दछ। आफ्नो राष्ट्र र राष्ट्रियताका खातिर ज्यानको बाजी लगाइ आजको यो कोरिया बन्न महत्वपूर्ण भुमिका खेल्नेहरुलाइ आज ठुलो सम्नान पनि गर्ने गरिन्छ । सन् १९५० देखी शुरु भइ ३ बर्ष सम्म चलेको कोरियाली युद्धको क्रममा २५ लाख भन्दा बढी मानिसको ज्यान गएको थियो । जसमा दक्षिण कोरियाका मात्रै १० लाख जना नागरिक थिए, भने २ लाख १७ हजार जना सैनिक थिए । ४ लाख २९ हजार जना दक्षिण कोरियालीहरु घाइते भएका थिए । कोरियाली युद्ध सकिएको ३ बर्षपछी सन् १९५६ बाट तिनै शहिदहरु को सम्झनामा यो दिवस मनाउन थालिएको हो ।

छुसकमा ब्याडमिन्टन प्रतियोगिता आयोजना हुँदै

सेप्टेम्बर २१ मा हुने ‘प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५’ को तयारि पुरा, टाइस…

सेप्टेम्बर २१ मा हुने ‘प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५’ को तयारि पुरा, टाइस…

काेरियाकाे बुसानमा Gen-Z आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा श्रद्धाञ्जली

फोनमनीबाट पहिलो कारोबारमा सबैलाई ५००० कोरियन वन बोनस

कोरियामा पर्वतिय चलचित्र महोत्सव हुँदै, दयाहाङ राइ, मिरुना मगर लगायत दर्जनौँ…

"मेरो त देशै माइती भयो" तीज गीत सार्वजनिक

प्रतिक्रिया