गण्डकी प्रदेश समाज दक्षिण कोरियाको आयोजनामा गण्डकी कप भलिबल प्रतियोगिता आयोजना

गण्डकी प्रदेश समाज दक्षिण कोरियाको आयोजनामा गण्डकी कप भलिबल प्रतियोगिता आयोजना गरिएको छ । यही मे महिनाको १२ तारिख आइतबारका दिन सुवन शहरमा प्रतियोगिता संचालन हुँदैछ । कोरियामा भलिबल प्रतियोगिताको सिजन शुरु भएसँगै गण्डकीले पहिलोपटक प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितामा टिम दर्ता र टाइसुट भने सम्पन्न भइसकेको छ । कुल २० टिम सहभागी हुने यस प्रतियोगिताका विजेता टिमले २० लाख वन नगद, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय स्थान हासिल गर्ने टिमले १२ लाख वन नगदका साथमा ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । त्यस्तै सान्त्वना पुरस्कारका रुपमा प्रति टिम ४ लाख वन नगद मेडल र प्रमाण पत्र प्रदान गरिनेछ । सुवनस्थित आजु विश्वविद्यालयको खेलमैदानमा आयोजना हुने यो प्रतियोगिता १२ तारिक बिहान ८ बजेदेखि शुरु हुनेछ ।
प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भइसकेको आयोजकले जनाएको छ । साथै आयोजकले कोरियास्थित भलिबल टिम खेलाडी र खेल प्रेमी सम्पूर्ण दर्शकहरुमा उपस्थितिका लागी आमन्त्रण समेत गरेको छ ।

"मेरो त देशै माइती भयो" तीज गीत सार्वजनिक

फोनमनीले हस्तान्तरण गर्यो विजेतालाइ १ करोड, पुरस्कार रकमबाट घर निर्माण गर्दै व…

मिलन बिश्वकर्मा बने Fonemoney को १ करोड कोरियन वन विजेता

कोरियामा भलिबल प्रतियोगिता आयोजना गरी पर्वतका ७ विद्यालयलाइ ७ लाखको छात्रवृत्…

फोनमनीको १ करोड वनको विजेता पुनः छनौट हुने

कोरियामा यस बर्षका भलिबल प्रतियोगिता शुरु, अप्रिल ६ मा ४० लाख वनको प्रतियोगि…

कोरियामा करोडपति बन्ने अवसर मार्च मसान्त सम्म

प्रतिक्रिया