कोरियाका अस्पताल, क्लिनिक र फार्मेसीमा फोटोसहितको परिचय पत्र अनिवार्य

अबदेखी कोरियामा अस्पताल, क्लिनिक वा औषधी पसलमा जाँदा फोटोसहितको परिचय पत्र अनिवार्य रुपमा लिएर जानुपर्ने भएको छ । यो नियम आगामी मे २० देखी लागु हुने छ । फार्मेसीहरुमा भने डाक्टरको पुर्चि भएकाहरुले परिचय पत्र प्रमाणित गर्नु पर्दैन । त्यसबाहेक पुर्ची नभएका अरु सबैका लागी यो नियम लागु हुनेछ । स्वास्थ्य विमाको बढ्दो दुरुपयोगका बिच कोरियाली सरकारले पछिल्लो समय स्वास्थ्यसंग सम्बन्धित नियमहरुमा कडाइ गर्दै आएको छ ।

कोरियन र विदेशी नागरिक सबैका लागी यो नियम समान रुपमा लागु हुनेछ । यसअघि परिचय पत्र नम्बर मात्रै राखे पनि हुने नियम थियो । मे महिनाको २० तारिखदेखि, अस्पताल वा क्लिनिकमा उपचार वा औषधी खरिदका लागि जाँदा तपाईंले आफ्नो परिचय प्रमाणित गर्ने कागजात, प्रशासनिक वा सरकारी संस्थाले फोटोसहित जारी गरेको परिचयपत्र वा कागजात प्रस्तुत गर्नुपर्छ । जसमा रेसिडेन्स कार्ड र लाइसेन्स पर्दछन् । पछिल्लो समय स्वास्थ्य बिमा कार्डको अत्याधिक दुरुपयोग बढेपछी कडाइ गरिएको हो । सन् 2021 मा अरुको बिमा कार्ड र अरुको परिचय पत्र नम्बर मात्र प्रयोग गरी बिमाको गलत फाइदा लिएका 32,605 वटा घटना सार्वजनिक भएका थिए भने सन् 2023 मा बढेर 40,418 पुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्रालय र दुतावासमा ज्ञापनपत्र

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्रालय र दुतावासमा ज्ञापनपत्र

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…

जुन ६–७ मा लमजुङ परिवारको बृहत् पिकनिक हुँदै

जुन ६–७ मा लमजुङ परिवारको बृहत् पिकनिक हुँदै

दक्षिण कोरियाको आनसानमा ‘होली महोत्सव–२०२६’ आयोजना हुँदै

दक्षिण कोरियाको आनसानमा ‘होली महोत्सव–२०२६’ आयोजना हुँदै

नेपाली राजदूतावास दक्षिण कोरियाको सिफारीसमा २ जना नेपाली विद्यार्थीलाइ छात्रवृत्ती

नेपाली राजदूतावास दक्षिण कोरियाको सिफारीसमा २ जना नेपाली विद्यार्थीलाइ छात्र…

दक्षिण कोरियामा नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेलाई ‘बेस्ट एम्बासडर २०२६’ अवार्ड

दक्षिण कोरियामा नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेलाई ‘बेस्ट एम्बासडर २०२…

आइबीके बैंकको सेवा १२ घण्टा बन्द हुने, क्रेडिट कार्ड बाहेक अरु सेवा नचल्ने

आइबीके बैंकको सेवा १२ घण्टा बन्द हुने, क्रेडिट कार्ड बाहेक अरु सेवा नचल्ने

फोनिज कोरियाको चौथो अधिवेशनबाट उत्तम खजुमको नेतृत्वमा नयाँ कार्यसमिति

फोनिज कोरियाको चौथो अधिवेशनबाट उत्तम खजुमको नेतृत्वमा नयाँ कार्यसमिति