नेपालमा मोनोरेलका लागि दक्षिण कोरियासँग सम्झौता

दक्षिण कोरियासँग अन्य ६ वटा सम्झौता पनि

 दक्षिण कोरियासँग नेपालमा मनोरेल स्थापनाका लागि सम्झौता भएको छ । नेपाल मोनोरेल केएमई ट्राभल प्रालिका निर्देशक सङ्गीता कुँवर र दक्षिण कोरियाको डेलिम मोनोरेलका प्रमुख कार्यकारी अधिकृत सेओङ बू–सियोपबिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

 

सम्झौतामा नेपाललगायत अन्य देशमा मोनोरेल स्थापनाका लागि समानको उत्पादन, बजार व्यवस्थापन र मर्मतसम्बन्धी कार्यहरु गर्ने उल्लेख छ ।

कोरियाको राजधानी सउलमा हालै सम्पन्न एक ‘स्पोर्टस ग्लोबर टुरिजम २०२४’ गोष्ठीमा नेपाल मोनोरेलसहित सातवटा सम्झौता भएका थिए । ‘ड्राइभिङ नेशनल डेभलपमेन्ट’ नारा दिएको उक्त गोष्ठीको कोरियास्थित नेपाली राजदूतावास, ग्लोबल एनआरएन फाउन्डेसन, हान्याङ् विश्वविद्यालय र एमआइटी फाउन्डेसनले संयुक्तरुपमा आयोजना गरेका थिए ।

कार्यक्रममा नेपालको खेलकुद क्षेत्रको प्रवर्द्धन र विकासको सहकारी ढाँचा स्थापना र पारस्परिक सम्बन्ध विस्तारका लागि दक्षिण कोरियाको कलेज अफ आर्ट्स एण्ड फिजिकल एजुकेशनबिच पनि सम्झौता भएको छ ।

उक्त सम्झौतामा कलेज अफ आर्ट्स एण्ड फिजिकल एजुकेशनका डीन सेङनो ली र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले हस्ताक्षर गरेका छन् ।

त्यसैगरी, सामाजिक कल्याण, संस्कृति आदानप्रदान र पर्यटन प्रवर्द्धन तथा विकासका लागि कोरियाको दुगेदर कोरिया लभ एण्ड होप स्वयंसेवी समूह र ग्लोबन एनआरएनए फाउण्डेसनबिच पनि सम्झौता भएको छ । सम्झौतामा ग्लोबन एनआरएनए फाण्डेसनका अध्यक्ष विनोद कुँवर र दुगेदर कोरिया लभ एण्ड होप स्वयंसेवी समूहको तर्फबाट प्रोफेसर योङसु किम र लभ एण्ड भलन्टियर कोरका उपाध्यक्ष प्रा.किम यङ्ग सुले हस्ताक्षर गरेका छन्  ।

यसैगरी, शैक्षिक आदानप्रदानलाई प्रवर्द्धन, फ्याकल्टी कार्यक्रमहरुमा सहकार्य र शैक्षिक अनुसन्धान र प्रविधि विकासमा सहयोग तथा सहकार्यका लागि हान्याङ युनिभर्सिटी बीके २१ ह्युमन–टेक कन्भर्जेन्स ग्रेजुएट स्कूल र मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजीबिच पनि सम्झौता भएको छ ।

सम्झौतामा बीके २१ को तर्फबाट डीन डा. सेओङनो ली र मेलबर्न इन्स्टिच्युटका अध्यक्ष जमुना गुरुङले हस्ताक्षार गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय स्तरमा नेपालका युवा खेलाडीको वृत्ति विकासका लागि आर्थिक, भौतिक र नैतिक सहयोग र सहकार्यका लागि पनि सम्झौत भएको छ । उक्त सम्झौतामा ग्लोबल एनआरएन फाण्डेसनका अध्यक्ष विनोद कुँवर, अन्तर्राष्ट्रिय पर्वत समाजका उपाध्यक्ष सङ्गीता कुँवर र नेपाल खेलकुद अनुसन्धान प्रवर्धन प्रतिष्ठानका प्राध्यापक केशव थापा, कोरियाको ग्योङसान खुटबल सङ्घका उपाध्यक्ष काङ योङ–होले हस्ताक्षर गर्नुभएको छ ।

त्यसैगरी, टेबल टेनिस खेलका लागि शैक्षिक र प्रविधि विकासको अनुसन्धानको लागि पनि सम्झौता भएको छ । उक्त सम्झौतामा फस्टपोङ कम्पनी लिमिटेडका सिईओ अमिर कमन्दी र हान्याङ विश्वविद्यालयको खेलकुद उद्योग तथा विज्ञान विभागका प्राध्यापक सिद्धार्थ विक्रम पाँणेले हस्ताक्षर गर्नुभएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठाकुरीकोको प्रमुख अतिथ्य रहेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड, परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलगायतले शुभकामना दिनुभएको थियो ।

एनआरएन आईसीसीका तथा  ग्लोबल एनआरएन फाउन्डेसनका अध्यक्ष विनोद कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यस सचिव टङ्कलाल घिसिङ, कोरियाका लागि नेपाली राजदूत महामहिम डा. ज्योति प्याकुरेल, हान्याङ्  विश्वविद्यालयका प्रमुख  कि–जङ ली, एनआरएन आईसीसी र ग्लोबल एनआरएन फाउन्डेसनका संरक्षक शेष घले एमआइटी फाउन्डेसनको निदेशिका जमुना गुरुङ, कम्बोडियाका राजदूत छ्रिङ बोटम रंगसाइ, पाकिस्तानका राजदूत नबील मुनीरले विशेष सम्बोधन गर्नुभएको थियो ।

उक्त कार्यक्रममा विभिन्न विश्वविद्यालयका दक्ष ख्यातिप्राप्त प्राध्यापकहरुलगायत सम्बन्धित विषयका विशेषज्ञहरुले १५ वटा कार्य तथा सोधपत्र  प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्रालय र दुतावासमा ज्ञापनपत्र

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्रालय र दुतावासमा ज्ञापनपत्र

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…

जुन ६–७ मा लमजुङ परिवारको बृहत् पिकनिक हुँदै

जुन ६–७ मा लमजुङ परिवारको बृहत् पिकनिक हुँदै

दक्षिण कोरियाको आनसानमा ‘होली महोत्सव–२०२६’ आयोजना हुँदै

दक्षिण कोरियाको आनसानमा ‘होली महोत्सव–२०२६’ आयोजना हुँदै

नेपाली राजदूतावास दक्षिण कोरियाको सिफारीसमा २ जना नेपाली विद्यार्थीलाइ छात्रवृत्ती

नेपाली राजदूतावास दक्षिण कोरियाको सिफारीसमा २ जना नेपाली विद्यार्थीलाइ छात्र…

दक्षिण कोरियामा नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेलाई ‘बेस्ट एम्बासडर २०२६’ अवार्ड

दक्षिण कोरियामा नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेलाई ‘बेस्ट एम्बासडर २०२…

आइबीके बैंकको सेवा १२ घण्टा बन्द हुने, क्रेडिट कार्ड बाहेक अरु सेवा नचल्ने

आइबीके बैंकको सेवा १२ घण्टा बन्द हुने, क्रेडिट कार्ड बाहेक अरु सेवा नचल्ने

फोनिज कोरियाको चौथो अधिवेशनबाट उत्तम खजुमको नेतृत्वमा नयाँ कार्यसमिति

फोनिज कोरियाको चौथो अधिवेशनबाट उत्तम खजुमको नेतृत्वमा नयाँ कार्यसमिति