अनिल सिंह र टुकिका साथमा सुवनमा नेपहप नाइट पार्टी
पार्टीको सम्पूर्ण तयारी पूरा
दक्षिण कोरियामा रहेका नेपाली पपसंगितका पारखीहरूका लागी सल्नालको अवसरमा नेपहप नाइट पार्टीको आयोजना गरिएको छ ।
सल्नालको अवसर पारी हार्मोनी भाइब्जको आयोजनामा सल्नाल नेपहप नाइटको आयोजना गरिएको हो । फेब्रुअरी १० तारिख साँझ ८ बजेदेखि सुवनमा पार्टी सुरु हुने आयोजकले जनाएको छ । पपसंगितका सदाबहार गायक अनिल सिंहको मुख्य प्रस्तुती रहेको यस पार्टीमा उनका अलवा टुकी भनेर चिनिएका निरज मल्ल ठकुरीको पनि विशेष प्रस्तुति रहनेछ । अनिल सिंह र टुकीलाइ साथ दिँदै डिजेहरु डिजे आरएक्स, बिक्रम लामा, दोर्जे जोजो, दोर्जे भान्जा र डिजे सबिर को प्रस्तुति रहनेछ ।
साथै कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ ! उक्त कार्यक्रमको टिकट शुल्क ३५ हजार वन तोकिएको छ । तर कार्यक्रमको प्रायोजक वेलकम मोबाइल सुवन र जिमनी ट्रान्सबाट टिकट काट्दा भने ५ हजार वन छुट प्राप्त गर्न सकिने आयोजकले जनाएको छ ।
कार्यक्रम स्थल सुवन स्टेशनको ९ नम्बर गेटबाट करिब १ मिनेटको दुरीमा रहेको छ ।
कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…
कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…
जुन ६–७ मा लमजुङ परिवारको बृहत् पिकनिक हुँदै
दक्षिण कोरियाको आनसानमा ‘होली महोत्सव–२०२६’ आयोजना हुँदै
नेपाली राजदूतावास दक्षिण कोरियाको सिफारीसमा २ जना नेपाली विद्यार्थीलाइ छात्र…
दक्षिण कोरियामा नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेलाई ‘बेस्ट एम्बासडर २०२…
आइबीके बैंकको सेवा १२ घण्टा बन्द हुने, क्रेडिट कार्ड बाहेक अरु सेवा नचल्ने
प्रतिक्रिया