गण्डकी प्रदेश समाज दक्षिण कोरियाको भेटघाट तथा पत्रकार सम्मेलन सम्पन्न

दक्षिण कोरियामा क्रियाशिल गण्डकी प्रदेश समाजको आयोजनामा भेटघाट तथा पत्रकार सम्मेलन कार्यक्रम सम्पन्न भएको छ । आगामी कोरियन नयाँ वर्ष सलनालको अवसरमा गण्डकी प्रदेश समाज अन्तर्गतको बागलुङ समाजले आयोजना गरेको धौलागिरि सांगितिक सौगात भाग ४ लाई सफल पार्न तथा अन्य विषयमा छलफल गर्नका लागि कार्यक्रम आयोजना गरिएको हो ।
दर्शन नमस्ते रेष्टुरेन्टको सभाहलमा भएको कारण्मा धौलागिरि सांगितिक सौगातलाई सफल, भव्य र सभ्य बनाउनुका साथै आगामी कोरियन नयाँवर्षको अवसरमा व्यापक छलफल भएको समाजका अध्यक्ष प्रविण गिरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार आगामी फेब्रुअरी १० तारिख दिउँसो १२ बजे बाट हुने “धौलागिरी सांगितिक सौगात भाग-४”मा चर्चीत कलाकार राजेश पायल राईको साथमा चर्चित गायक प्रकाश दुतराज, बसन्त थापा, चर्चित गायिका शान्ति श्री परियार, चर्चित हास्यकलाकार सुबोध गौतम(एदुमे), गायिका अनुपा थापा मगर, गायक राजेश बर्देवा लगायतका राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने जनाइएको छ ।
नेपालको राष्ट्रिय कलाकारहरुको साथमा कोरियामै रहेको स्थानिय ब्याण्ड अफ ट्युन ब्याण्ड संगै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दक्षिण कोरिया शाखाको कलाकारहरूले माहोल तताउने आयोजकले जनाएको छ । आयोजकले कार्यक्रमलाई भव्य र सभ्य बनाउन दक्षिण कोरियावासी सम्पुणर् दाजुभाई दिदीबहिनीहरुलाई उपस्थितिका लागि निमन्त्रणा समेत गरेको छ ।

छुसकमा ब्याडमिन्टन प्रतियोगिता आयोजना हुँदै

सेप्टेम्बर २१ मा हुने ‘प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५’ को तयारि पुरा, टाइस…

सेप्टेम्बर २१ मा हुने ‘प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५’ को तयारि पुरा, टाइस…

काेरियाकाे बुसानमा Gen-Z आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा श्रद्धाञ्जली

फोनमनीबाट पहिलो कारोबारमा सबैलाई ५००० कोरियन वन बोनस

कोरियामा पर्वतिय चलचित्र महोत्सव हुँदै, दयाहाङ राइ, मिरुना मगर लगायत दर्जनौँ…

"मेरो त देशै माइती भयो" तीज गीत सार्वजनिक

प्रतिक्रिया