गण्डकी प्रदेश समाज दक्षिण कोरियाको भेटघाट तथा पत्रकार सम्मेलन सम्पन्न

दक्षिण कोरियामा क्रियाशिल गण्डकी प्रदेश समाजको आयोजनामा भेटघाट तथा पत्रकार सम्मेलन कार्यक्रम सम्पन्न भएको छ । आगामी कोरियन नयाँ वर्ष सलनालको अवसरमा गण्डकी प्रदेश समाज अन्तर्गतको बागलुङ समाजले आयोजना गरेको धौलागिरि सांगितिक सौगात भाग ४ लाई सफल पार्न तथा अन्य विषयमा छलफल गर्नका लागि कार्यक्रम आयोजना गरिएको हो ।
दर्शन नमस्ते रेष्टुरेन्टको सभाहलमा भएको कारण्मा धौलागिरि सांगितिक सौगातलाई सफल, भव्य र सभ्य बनाउनुका साथै आगामी कोरियन नयाँवर्षको अवसरमा व्यापक छलफल भएको समाजका अध्यक्ष प्रविण गिरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार आगामी फेब्रुअरी १० तारिख दिउँसो १२ बजे बाट हुने “धौलागिरी सांगितिक सौगात भाग-४”मा चर्चीत कलाकार राजेश पायल राईको साथमा चर्चित गायक प्रकाश दुतराज, बसन्त थापा, चर्चित गायिका शान्ति श्री परियार, चर्चित हास्यकलाकार सुबोध गौतम(एदुमे), गायिका अनुपा थापा मगर, गायक राजेश बर्देवा लगायतका राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने जनाइएको छ ।

नेपालको राष्ट्रिय कलाकारहरुको साथमा कोरियामै रहेको स्थानिय ब्याण्ड अफ ट्युन ब्याण्ड संगै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दक्षिण कोरिया शाखाको कलाकारहरूले माहोल तताउने आयोजकले जनाएको छ । आयोजकले कार्यक्रमलाई भव्य र सभ्य बनाउन दक्षिण कोरियावासी सम्पुणर् दाजुभाई दिदीबहिनीहरुलाई उपस्थितिका लागि निमन्त्रणा समेत गरेको छ ।

कमला के.सी

कमला के.सी कोरियामा रहेर सक्रिय पत्रकारिता गर्नुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्रालय र दुतावासमा ज्ञापनपत्र

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्रालय र दुतावासमा ज्ञापनपत्र

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…

जुन ६–७ मा लमजुङ परिवारको बृहत् पिकनिक हुँदै

जुन ६–७ मा लमजुङ परिवारको बृहत् पिकनिक हुँदै

दक्षिण कोरियाको आनसानमा ‘होली महोत्सव–२०२६’ आयोजना हुँदै

दक्षिण कोरियाको आनसानमा ‘होली महोत्सव–२०२६’ आयोजना हुँदै

नेपाली राजदूतावास दक्षिण कोरियाको सिफारीसमा २ जना नेपाली विद्यार्थीलाइ छात्रवृत्ती

नेपाली राजदूतावास दक्षिण कोरियाको सिफारीसमा २ जना नेपाली विद्यार्थीलाइ छात्र…

दक्षिण कोरियामा नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेलाई ‘बेस्ट एम्बासडर २०२६’ अवार्ड

दक्षिण कोरियामा नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेलाई ‘बेस्ट एम्बासडर २०२…

आइबीके बैंकको सेवा १२ घण्टा बन्द हुने, क्रेडिट कार्ड बाहेक अरु सेवा नचल्ने

आइबीके बैंकको सेवा १२ घण्टा बन्द हुने, क्रेडिट कार्ड बाहेक अरु सेवा नचल्ने

फोनिज कोरियाको चौथो अधिवेशनबाट उत्तम खजुमको नेतृत्वमा नयाँ कार्यसमिति

फोनिज कोरियाको चौथो अधिवेशनबाट उत्तम खजुमको नेतृत्वमा नयाँ कार्यसमिति