इपिएस आन्दोलनको मृतकका परिवारलाई कोरियाबाट साढे ७ लाख रुपैयाँ सहयोग

ललितपुरको बालकुमारी घटनामा मृत्यु भएका अछामको चौरपाटी गाउँपालिका वडा नम्बर १ का वीरेन्द्र शाहको परिवारलाई कोरियामा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । कोरियाका नेपालीले संकलन भएकोमध्ये सात लाख सन्ताउन्न हजार रुपैयाँ एक कार्यक्रमकाबीच मृतकका बुवा टेक बहादुर शाहलाई हस्तान्तरण गरिएको हो ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कोरियाका वरिष्ठ उपाध्यक्ष महेश बजगाईंले कोरियाबाट पीडित परिवारसँग संवाद र समन्वय गरी यो आर्थिक हस्तान्तरण कार्यक्रमममा समन्वय गरेको बताए । उक्त रकम बुधबार अछाम सेवा समितिले आयोजना गरेको शोक सभामा धनगढीका मेयर गोपाल हमालमार्फत मृतकका बुवा टेकबहादुर शाहलाई हस्तान्तरण गरिएको थियो ।
मृतकका बुवा टेकबहादुर शाहले आफूहरुलाई बज्रपात परेको बेला कोरियाका बस्ने नेपालीहरुले गरेको आर्थिक सहयोगको लागि सम्पूर्ण सहयोगी मनहरुलाई धन्यवाद व्यक्त गरे ।
यो अभियान सामाजिक अभियन्ता, धनगढी -१ शिवनगर स्थायी बासिन्दा हाल दक्षिण कोरियामा रही विभिन्न सामाजिक कार्यमा अग्रसर युवा व्यक्तित्त्व बी वि सिंह, (भक्तबहादुर सिंह)को अगुवाइमा नेपाली सम्पर्क समितिका अध्यक्ष हरि खनाल, पत्रकार महासंघ दक्षिण कोरियाका अध्यक्ष किसान गौतम, कर्णाली प्रदेश समाज दक्षिण कोरियाका अध्यक्ष गणेश कोइराला सुदुरपस्चिम समाज दक्षिण कोरियाका अध्यक्ष दिल बहादुर मडै, दैलेख समाज दक्षिण कोरिया तथा सामाजिक अभियन्ता माधव आचार्यको समन्वयमा संचालन गरिएको थियो ।

छुसकमा ब्याडमिन्टन प्रतियोगिता आयोजना हुँदै

सेप्टेम्बर २१ मा हुने ‘प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५’ को तयारि पुरा, टाइस…

सेप्टेम्बर २१ मा हुने ‘प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५’ को तयारि पुरा, टाइस…

काेरियाकाे बुसानमा Gen-Z आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा श्रद्धाञ्जली

फोनमनीबाट पहिलो कारोबारमा सबैलाई ५००० कोरियन वन बोनस

कोरियामा पर्वतिय चलचित्र महोत्सव हुँदै, दयाहाङ राइ, मिरुना मगर लगायत दर्जनौँ…

"मेरो त देशै माइती भयो" तीज गीत सार्वजनिक

प्रतिक्रिया