पाँच स दक्षिण कोरियाको सातौ अधिवेशन तथा सम्मान कार्यक्रम जनवरी २८ मा हुने

पाँच स दक्षिण कोरियाको सातौँ अधिवेशन तथा सम्मान कार्यक्रम यहि जनवरी २८ तारिखमा हुने भएको छ ।
कला, संस्कार, संस्कृति, भेषभुषा, चाडपर्व आदीले राष्ट्रको परिचय दिने कुरालाई आत्मसात गरि धर्म, कला , संस्कार, संस्कृतिको संरक्षण सम्वद्र्धन गर्ने उद्देश्यले “साहित्य र सङ्गीतको माध्यमद्वारा विश्वमा अध्यात्मित जागरण गराउने हाम्रो प्रयास“ भन्ने मुल नाराका साथ सन् २०१७ मा दक्षिण कोरियामा स्थापना भएको पाँच सय को अधिवेशनको तयारी तीब्र पारिएको हो । आनसान स्थित सांस्कृतिक घरमा हुने कार्यक्रम दिउँसो १२ बजेदेखि शुरु हुने बरिष्ठ उपाध्यक्ष श्याम अर्यालले जानकारी दिनुभयो ।
सनातन साहित्य सङ्गीत साधना समूहले राष्ट्र र राष्ट्रियता झल्किने विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको छ । बिशेष गरि हरेक नेपाली चाडपर्वहरुलाई विधिवत र भव्यताका साथ मनाउदै आईरहेको पाँच स दक्षिण कोरियाले बिदेशमा रहेका नेपाली समुदायमा एक छुट्टै, सकरात्मक ,अनुकरणीय र एकताको सन्देश प्रवाह गर्दै आएको छ ।
आम नेपाली दाजुभाई दिदीबहिनीहरुको सहयोग र विभिन्न धार्मिक कार्यक्रमको आयोजना गरि उक्त कार्यक्रमबाट बचेको रकम जम्मा गर्दै विगत २ बर्ष देखि दक्षिण कोरियाको आनसान शहर स्थित साझा मन्दिर/पुस्तकालय तथा साँस्कृतिक घर सञ्चालन गर्दै आईरहेको छ । आनसान नगरपालिका अन्तर्गतको आनसान लाईब्रेरीमा आनसान नेपाली लाईब्रेरीको नाममा दर्ता गर्न सफल पाँच स ले विभिन्न विधाका ५००० पुस्तक सहितको पुस्तकालयद्वारा नेपालीहरुलाई विदाको समयमा पुस्तक पढ्न रुची राख्नेहरुलाई लाभान्वित गर्दैै आएको छ ।

कमला के.सी

कमला के.सी कोरियामा रहेर सक्रिय पत्रकारिता गर्नुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्रालय र दुतावासमा ज्ञापनपत्र

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्रालय र दुतावासमा ज्ञापनपत्र

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…

जुन ६–७ मा लमजुङ परिवारको बृहत् पिकनिक हुँदै

जुन ६–७ मा लमजुङ परिवारको बृहत् पिकनिक हुँदै

दक्षिण कोरियाको आनसानमा ‘होली महोत्सव–२०२६’ आयोजना हुँदै

दक्षिण कोरियाको आनसानमा ‘होली महोत्सव–२०२६’ आयोजना हुँदै

नेपाली राजदूतावास दक्षिण कोरियाको सिफारीसमा २ जना नेपाली विद्यार्थीलाइ छात्रवृत्ती

नेपाली राजदूतावास दक्षिण कोरियाको सिफारीसमा २ जना नेपाली विद्यार्थीलाइ छात्र…

दक्षिण कोरियामा नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेलाई ‘बेस्ट एम्बासडर २०२६’ अवार्ड

दक्षिण कोरियामा नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेलाई ‘बेस्ट एम्बासडर २०२…

आइबीके बैंकको सेवा १२ घण्टा बन्द हुने, क्रेडिट कार्ड बाहेक अरु सेवा नचल्ने

आइबीके बैंकको सेवा १२ घण्टा बन्द हुने, क्रेडिट कार्ड बाहेक अरु सेवा नचल्ने

फोनिज कोरियाको चौथो अधिवेशनबाट उत्तम खजुमको नेतृत्वमा नयाँ कार्यसमिति

फोनिज कोरियाको चौथो अधिवेशनबाट उत्तम खजुमको नेतृत्वमा नयाँ कार्यसमिति