पाँच स दक्षिण कोरियाको सातौ अधिवेशन तथा सम्मान कार्यक्रम जनवरी २८ मा हुने

पाँच स दक्षिण कोरियाको सातौँ अधिवेशन तथा सम्मान कार्यक्रम यहि जनवरी २८ तारिखमा हुने भएको छ ।
कला, संस्कार, संस्कृति, भेषभुषा, चाडपर्व आदीले राष्ट्रको परिचय दिने कुरालाई आत्मसात गरि धर्म, कला , संस्कार, संस्कृतिको संरक्षण सम्वद्र्धन गर्ने उद्देश्यले “साहित्य र सङ्गीतको माध्यमद्वारा विश्वमा अध्यात्मित जागरण गराउने हाम्रो प्रयास“ भन्ने मुल नाराका साथ सन् २०१७ मा दक्षिण कोरियामा स्थापना भएको पाँच सय को अधिवेशनको तयारी तीब्र पारिएको हो । आनसान स्थित सांस्कृतिक घरमा हुने कार्यक्रम दिउँसो १२ बजेदेखि शुरु हुने बरिष्ठ उपाध्यक्ष श्याम अर्यालले जानकारी दिनुभयो ।
सनातन साहित्य सङ्गीत साधना समूहले राष्ट्र र राष्ट्रियता झल्किने विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको छ । बिशेष गरि हरेक नेपाली चाडपर्वहरुलाई विधिवत र भव्यताका साथ मनाउदै आईरहेको पाँच स दक्षिण कोरियाले बिदेशमा रहेका नेपाली समुदायमा एक छुट्टै, सकरात्मक ,अनुकरणीय र एकताको सन्देश प्रवाह गर्दै आएको छ ।
आम नेपाली दाजुभाई दिदीबहिनीहरुको सहयोग र विभिन्न धार्मिक कार्यक्रमको आयोजना गरि उक्त कार्यक्रमबाट बचेको रकम जम्मा गर्दै विगत २ बर्ष देखि दक्षिण कोरियाको आनसान शहर स्थित साझा मन्दिर/पुस्तकालय तथा साँस्कृतिक घर सञ्चालन गर्दै आईरहेको छ । आनसान नगरपालिका अन्तर्गतको आनसान लाईब्रेरीमा आनसान नेपाली लाईब्रेरीको नाममा दर्ता गर्न सफल पाँच स ले विभिन्न विधाका ५००० पुस्तक सहितको पुस्तकालयद्वारा नेपालीहरुलाई विदाको समयमा पुस्तक पढ्न रुची राख्नेहरुलाई लाभान्वित गर्दैै आएको छ ।

छुसकमा ब्याडमिन्टन प्रतियोगिता आयोजना हुँदै

सेप्टेम्बर २१ मा हुने ‘प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५’ को तयारि पुरा, टाइस…

सेप्टेम्बर २१ मा हुने ‘प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५’ को तयारि पुरा, टाइस…

काेरियाकाे बुसानमा Gen-Z आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा श्रद्धाञ्जली

फोनमनीबाट पहिलो कारोबारमा सबैलाई ५००० कोरियन वन बोनस

कोरियामा पर्वतिय चलचित्र महोत्सव हुँदै, दयाहाङ राइ, मिरुना मगर लगायत दर्जनौँ…

"मेरो त देशै माइती भयो" तीज गीत सार्वजनिक

प्रतिक्रिया