ई–७ भिसाका ४ हजार जनाकाे माग गुम्यो
_dNSm4d1IDV_cw4spd506talmqpdslpjtmtfyq3gsya75y7zxulrjff6gnobugrf1vkom8rk_3pYE0qBShv_ckgvshsf44u8zqwmab4gecl7bioyeytcz1hohbcpnw8ysckg0r4sqvuug2tw.webp)
दक्ष कामदारका लागि दक्षिण कोरियाबाट गएकाे ४ हजारको माग गुमेको छ । सरकारले समयमै माग प्रमाणीकरणबारे निर्णय नगर्दा उक्त संख्या हाई स्किल (दक्ष जनशक्ति) का लागि आएको माग गुमेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवल प्रसाद भण्डारीले जनवरीसम्ममा ई–७ भिसामार्फत दक्ष कामदारका लागि आएका ४ हजारको माग गुमेको बताए । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सचिव भण्डारीले समयमै दूतावासले माग प्रमाणीकरण नगरिदिँदा उक्त माग बंगलादेश र फिलिपिन्स गएको बताए ।
सांसद डीपी अर्यालले ई–७ भिसामा कोरिया पठाउन पैसा उठाउन थालिएकोबारे मन्त्रालयको धारणा माग गरेका थिए । प्रतिव्यक्ति १० देखि १५ लाख रुपैयाँ उठाउन थालिएको भन्ने सूचना आएको भन्दै उक्त विषयमा प्रष्ट पार्न उनले अनुरोध गरेका थिए । उक्त विषयमा जवाफ दिँदै सचिव भण्डारीले मन्त्रालयको नक्कली पत्र देखाएर पैसा उठाउने गिरोह सक्रिय रहेको जानकारी आफूले समेत पाएको बताए ।
‘इलाममा पत्रहरू देखाएर पैसा लिएको कुरा हामीले पनि सुनेका छौँ । यो विषयमा हामीले सम्बन्धित कम्पनीलाई समेत बुझेका थियौँ । तर, त्यसमा केही भएको छैन,’ सचिव भण्डारीले भने ।
नेपालबाट हाल ई–९ भिसा अन्तर्गत रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत श्रमिकहरू कोरिया जाने गरेका छन् । कोरियाले दक्ष कामदार लैजान ई–७ भिसा मार्फत ४ हजार जनाको माग मेनपावर मार्फत गरेको थियो । तर, साउदीस्थित नेपाली दूतावासले माग प्रमाणीकरण नगरिदिँदा जनवरीसम्म आएका ४ हजार जनाको माग गुमेको सचिव भण्डारीले बताए ।
कोरियाले ईपीएस अन्तर्गतका १६ वटै देशबाट ई–७ भिसा मार्फत श्रमिक लैजाने प्रस्ताव गरेको थियो । तर, नेपालका लागि आएका मागहरू समयमै प्रमाणीकरण नगर्दा उक्त माग गुमाउनुपरेको सचिव भण्डारीले बताए ।
‘यो प्रस्ताव अहिले मात्र आएको होइन । अघिल्लो वर्ष नै आएको हो । प्रस्ताव आएपछि हामीले परराष्ट्र मन्त्रालयमार्फत कोरियाली दूतावासमा सोध्यौँ । कोरियास्थित हाम्रो दूतावासले अहिलेसम्म औपचारिक जवाफ दिएको छैन । तर, अन्य देशमा भने यहीबाट श्रमिक गइरहेका छन्’ सचिव भण्डारीले भने ।
यो विषयमा गत वर्षको चैतदेखि अहिलेसम्म दूतावासबाट कुनै सूचना नआएको उनको भनाई छ । माग प्रमाणीकरणको सन्दर्भमा वैदेशिक रोजगार ऐन अनुसार माग प्रमाणीकरणको लागि दूतावासमा निवेदन दिनुपर्छ । दूतावासले १५ दिनभित्रमा माग प्रमाणीकरण गर्नुपर्छ । त्यो भित्रमा दूतावासले प्रमाणीकरण नगरिदिएपछि मन्त्रालयसम्म आएको उक्त मागमा कुनै निर्णय हुन नसकेको उनले बताए ।
गत भदौ २६ र २७ मा प्रधानमन्त्रीले डाकेको १३ देशका राजदूतसहितको बैठकले सात दिनभित्रमा ई–७ र जापानको एसएसडब्लुका बारेको निर्णय गरेर पठाउने भनेर निर्णय भएको थियो । तर, दूतावासहरूले अहिलेसम्म नपठाएको सचिव भण्डारीले बताए ।
अहिले ईपीएस मार्फत कोरिया जान्छन् । भाषा परीक्षासहित हवाई टिकटसम्म गर्दा श्रमिकको २ लाख जति खर्च हुँदै आएको छ । जसमा भाषा परीक्षाको २८ डलर, तालिमको ६३ डलर, हवाई टिकट लगायतको खर्च श्रमिकले नै तिर्दै आएका छन् ।
तर, ई–७ भिसाको विषयमा शुल्कबारे समेत कुनै निर्णय भइनसकेको उनले बताए । यो विषयमा रोजगारदाता, मेनपावर व्यवसायी लगायतबिच छलफल चलिरहेका उनको भनाई छ ।

कोरियामा यस बर्षका भलिबल प्रतियोगिता शुरु, अप्रिल ६ मा ४० लाख वनको प्रतियोगि…

कोरियामा करोडपति बन्ने अवसर मार्च मसान्त सम्म

कोरियाको फोनमनीमा शेयर सम्बन्धि गोष्ठी सम्पन्न

जिन्लाप तामाङको ‘कोरियाको शहरमा’ बोलको गीत म्युजिक भिडियो सहित सार्वजनिक

कोरियाको दोंगदेमुनमा शेयर बजारबारे कार्यक्रम हुने

Fonemoneyको १ करोड वन जित्ने अफर ३ महिना थप

काेरियामा निमार्ण गरिएकाे 'तिम्रै पीरले' गीत शनिबार सार्वजनिक हुने

प्रतिक्रिया