दक्षिण कोरियाम कुकुरको मासु खान प्रतिबन्ध
कुकुरको मासु खाने देश भनेर चिनिएको दक्षिण कोरियामा अब कुकुरको मासु खान प्रतिबन्ध लगाइएको छ । मंगलबार कोरियाली संसद बाट कुकुरको बध गर्ने तथा मासुको प्रयोजनका लागी किनबेच गर्न प्रतिबन्ध लगाउने कानुन पारित भएसंगै अब कोरियामा कुकुरको मासुमा आधिकारिक रुपमै प्रतिबन्ध लागेको हो ।
सन् २०२७ सम्म पूर्ण रुपमा कुकुरको मासु खाने पुरानो प्रचलन अन्त्य गर्ने कानुनमा उल्लेख छ । यो कानुन लागु भएपछि कुकुरको बध वा मासु बिक्रीवितरण गरेमा ३ वर्षसम्म जेल सजाय हुनेछ । अहिले कुकुरको मासुको व्यवसाय गरिरहेका तथा कुकुरको मासु बेच्ने रेष्टुरेण्ट चलाइरहेका व्यवसायिहरुलाइ अन्य व्यवसायमा परिवर्तन गर्न सरकारले सहुलियत पनि दिनेछ। कोरियामा अहिले ३ हजार ५ सय वटा कुकुर फार्म छन् । भने यो ३ हजार बढी रेष्टुरेण्ट छन् ।
मासु खाने प्रयोजनले पालिएका कुकुरको संख्या १५ लाख रहेको छ । कोरियामा सामान्य खानाका साथै खास गरी गर्मी मौसममा स्टामिना बढाउने तत्वका रुपमा कुकुरको मासु प्रयोग अझै बढी थियो । पशु अधिकारका पक्षमा वकालत गर्नेहरूले लामो समयदेखि यसको विरोध गर्दै आइरहेका थिए भने विश्व भर पनि आलोचना भइरहेको थियो । यसअघि पनि पटक पटक प्रयास भयपनि व्यवसायीको विरोधका कारण कानुन लागु हुन सकेको थिएन । चिन र भियतनाममा भने कुकुरको मासु खाने प्रचलन अझै बाँकी छ ।
छुसकमा ब्याडमिन्टन प्रतियोगिता आयोजना हुँदै
सेप्टेम्बर २१ मा हुने ‘प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५’ को तयारि पुरा, टाइस…
सेप्टेम्बर २१ मा हुने ‘प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५’ को तयारि पुरा, टाइस…
काेरियाकाे बुसानमा Gen-Z आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा श्रद्धाञ्जली
फोनमनीबाट पहिलो कारोबारमा सबैलाई ५००० कोरियन वन बोनस
कोरियामा पर्वतिय चलचित्र महोत्सव हुँदै, दयाहाङ राइ, मिरुना मगर लगायत दर्जनौँ…
"मेरो त देशै माइती भयो" तीज गीत सार्वजनिक
प्रतिक्रिया