एकै व्यक्तिद्वारा दुई अर्बको हुन्डी कारोबार
हुन्डी, अनलाइन जुवा, क्रिप्टो तथा अवैध रूपमा विदेशी विनिमय कारोबारमा संलग्न भएको आरोपमा थप तीनजना पक्राउ परेका छन् । गत ६ मंसिरमा पक्राउ परेका काठमाडौं बागबजारका रूपेश श्रेष्ठमाथि अनुसन्धान गर्ने क्रममा थप तीनजना समातिएका हुन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मीनबहादुर जिसी, आशिष अग्रवाल र कुमार परियारलाई पक्राउ गरेको हो । उनीहरूले श्रेष्ठसँग मिलेर अवैध कारोबार गर्दै आएको पुष्टि भएको प्रहरीले जनाएको छ ।
श्रेष्ठलाई ब्युरोले ९९ लाख रुपैयाँसहित पक्राउ गरेको थियो । उनको घरबाट ८९ लाख ६९ हजार नेपाली रुपैयाँ र अमेरिकी डलर सात हजार २६ बरामद भएको थियो । उनले घरमा पैसा गन्ने मेसिनसमेत राख्दै आएका थिए । अनुसन्धानका क्रममा उनले दुई अर्बको त हुन्डी कारोबार गरेको पुष्टि भएको छ । धेरैजसो कारोबार अमेरिकामा भएको छ । उनको हुन्डी कारोबारको खाता नै प्रहरीले बरामद गरेको छ ।
उनले अर्बौँ रुपैयाँ क्रिप्टोको कारोबार गरेको सिआइबीका अधिकारीहरू बताउँछन् । श्रेष्ठसँग मिलेर काम गर्ने अन्य केही व्यक्ति पक्राउ गरी गिरोहमाथि नै अनुसन्धान भइरहेको ब्युरोका एसएसपी दिनेश आचार्यले बताए । रूपेशकी श्रीमतीको पनि संलग्नता देखिएको र उनी फरार छिन् । उनका धेरै आफन्त अमेरिका भएकाले उनले त्यहाँ धेरै कारोबार गरेका थिए । हुन्डीको कारोबार क्रिप्टोमार्फत मिलाउने गर्दै आएका थिए ।
कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…
कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…
जुन ६–७ मा लमजुङ परिवारको बृहत् पिकनिक हुँदै
दक्षिण कोरियाको आनसानमा ‘होली महोत्सव–२०२६’ आयोजना हुँदै
नेपाली राजदूतावास दक्षिण कोरियाको सिफारीसमा २ जना नेपाली विद्यार्थीलाइ छात्र…
दक्षिण कोरियामा नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेलाई ‘बेस्ट एम्बासडर २०२…
आइबीके बैंकको सेवा १२ घण्टा बन्द हुने, क्रेडिट कार्ड बाहेक अरु सेवा नचल्ने
प्रतिक्रिया