गण्डकी प्रदेश समाजको प्रथम वार्षिक साधारणसभा तथा स्थापना दिवस कार्यक्रम

गण्डकी प्रदेश भित्रका ११ वटा जिल्लाबाट दक्षिण कोरिया आएका नेपालीहरूको साझा संस्था गण्डकी प्रदेश समाज दक्षिण कोरियाले आफ्नो प्रथम वार्षिक साधारणसभा तथा स्थापना दिवस कार्यक्रमको आयोजना गरेको छ । संस्थाको स्थापना भएको तथा संस्थापक कार्यसमिति गठन भएको १ बर्ष पुगेको अवसरमा यो कार्यक्रम आयोजना गर्न लागिएको हो । यही डिसेम्बर २४ तारिक आइतबार कोरियाको राजधानी सौलमा कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रम २४ तारिक बिहान ११ बजेदेखि सुरु भएर बेलुकी ४ बजे समापन हुने कार्यतालिका छ । अन्य कार्यतालिका अन्तर्गत संस्थाको वार्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिने कार्यतालिका छ ।
गण्डकी प्रदेश समाज दक्षिण कोरिया प्रवासी भूमीमा नेपाली एकता, गण्डकी प्रदेशको सामुहिक सहभागिता भन्ने मूल नाराका साथ करिब १ वर्ष अघि कोरियामा गठन भइ सक्रिय रहँदै आएको छ ।

"मेरो त देशै माइती भयो" तीज गीत सार्वजनिक

फोनमनीले हस्तान्तरण गर्यो विजेतालाइ १ करोड, पुरस्कार रकमबाट घर निर्माण गर्दै व…

मिलन बिश्वकर्मा बने Fonemoney को १ करोड कोरियन वन विजेता

कोरियामा भलिबल प्रतियोगिता आयोजना गरी पर्वतका ७ विद्यालयलाइ ७ लाखको छात्रवृत्…

फोनमनीको १ करोड वनको विजेता पुनः छनौट हुने

कोरियामा यस बर्षका भलिबल प्रतियोगिता शुरु, अप्रिल ६ मा ४० लाख वनको प्रतियोगि…

कोरियामा करोडपति बन्ने अवसर मार्च मसान्त सम्म

प्रतिक्रिया