कोरियाबाट नेपालमा पैसा पठाउँदा बुलेट बाइक उपहार

दक्षिण कोरियाबाट नेपालमा पैसा पठाउँदा उपहारमा बुलेट बाइक पाइने भएको छ । कोरियामा रहेका नेपालीहरूको विश्वास जित्दै आइरहेको सेन्टबी रेमिटेन्सबाट डिसेम्बर महिना भरी पैसा पठाउँदा बुलेट बाइक उपहार पाउन सकिनेछ । सेन्टबि रेमिटेन्सले हालै सार्वजनिक गरेको उपहार योजना अन्तर्गत डिसेम्बर को १ तारिक देखी ३० तारिकसम्म सेन्टबि मार्फत पैसा पठाउने ग्राहक मध्य एक जना भाग्य शाली ग्राहकलाई बुलेट बाइक प्रदान गरिने सेन्ट बि रेमिटेन्सले जनाएको छ । त्यस्तै कम्पनीले प्रत्येक हप्ता ५ जनालाई १-१ लाख वन बराबर को क्यासब्याक योजना समेत सार्वजनिक गरेको छ । जस अन्तर्गत यो महिनाको प्रत्येक हप्ता ५ जनाले उक्त रकम प्राप्त गर्ने छन् ।
सेन्टबी रेमिटेन्सले उपहारसँगै समाजसेवामा टेवा पुग्ने अर्को योजना पनि सार्वजनिक गरेको छ । उपहारसँगै समाजसेवा नाम दिइएको यस योजनामा हरेक कारोबारबाट प्रति कारोबार ५०० वन अर्थात् ५० रूपैयाँ कम्पनीको तर्फबाट नेपालमा गएको भुकम्पका पीडितहरुलाइ प्रदान गर्ने छ । दक्षिण कोरियामा थुप्रै रेमिटेन्स कम्पनी संचालित भएपनी छिटो र विश्वासिलो सेवाका कारण सेन्टबीले ग्राहकको विश्वास जित्दै आइरहेको छ ।

कोरियामा यस बर्षका भलिबल प्रतियोगिता शुरु, अप्रिल ६ मा ४० लाख वनको प्रतियोगि…

कोरियामा करोडपति बन्ने अवसर मार्च मसान्त सम्म

कोरियाको फोनमनीमा शेयर सम्बन्धि गोष्ठी सम्पन्न

जिन्लाप तामाङको ‘कोरियाको शहरमा’ बोलको गीत म्युजिक भिडियो सहित सार्वजनिक

कोरियाको दोंगदेमुनमा शेयर बजारबारे कार्यक्रम हुने

Fonemoneyको १ करोड वन जित्ने अफर ३ महिना थप

काेरियामा निमार्ण गरिएकाे 'तिम्रै पीरले' गीत शनिबार सार्वजनिक हुने

प्रतिक्रिया