सवारी चालक अनुमति पत्रका लागी लिखित अनिवार्य

अब देखी नेपाली सवारी चालक अनुमति पत्र लाइसेन्स लाइ कोरियन लाइसेन्समा परिवर्तन गर्न अनिवार्य रुपमा लिखित परीक्षा दिनुपर्ने छ । लिखित परीक्षामा पास भए मात्रै लाइसेन्स परिवर्तन गर्न सकिन्छ । लिखित परीक्षा भने कोरियन र अंग्रेजी मध्य आफूले इच्छाएको भाषामा दिन सकिन्छ । यही नोभेम्बर २२ तारिकबाट यो नियम लागु भएको नेपाली राजदूतावास दक्षिण कोरियाले एक विज्ञप्‍तिमार्फत जानकारी गराएको हो । 

यसअघि नेपाली राजदूतावास बाट सिफारिस लिएर सिधै परिवर्तन गर्न सकिन्थ्यो । यसरी परिवर्तन गर्दा कतिपय सवारी नियमहरूको जानकारी नहुँदा समस्या हुने भएपछि कोरियाले विदेशी लाइसेन्सको आधारमा दिने कोरियन लाइसेन्समा कडाइ गर्न लिखित परीक्षा दिनुपर्ने नियम लागु गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित