कोरियामा बिना चालकको रात्री बस संचालन
विश्वकै पहिलो प्रयोग

सौल महानगरपालिका कोरियाको राजधानी सौलमा ड्राइभर बिनाको स्वचालित रात्रीबस संचालन गर्ने घोषणा गरेको छ । भोलि सोमबारदेखि परीक्षणको रुपमा २ वटा बस संचालन हुँदै छन् । राति साढे ११ बजेदेखि बिहान ५ बजेर १० मिनेटसम्म यि बसले यात्रु बोक्नेछन् । सौलको हाप्छङ स्टेशन देखी दोङ्देमुनसम्म करिब १० किलोमिटरको दुरीमा यी बस संचालन हुन लागेका हुन् । हरेक ४० वटा स्टेसन रहेको यो दुरीमा हरेक ७० मिनेटको फरकमा बस संचालन हुनेछ ।
यि बसमा २३ वटा सिट राखिएका छन् । अहिलेका लागी यात्रुले निःशुल्क चढ्न पाउने महानगरपालिका जनाएको छ । यद्यपि यातायात कार्ड भने चेक गर्नुपर्छ । सौल महानगरपालिका मा संचालित ट्रेनहरु राती १२ बजेसम्म चल्ने भएकाले त्यसपछाडी रात्रि समयमा व्यस्त हुने स्थानहरूमा बस संचालन गर्न लागेको हो । यसअघि सौलमा १६७ वटा रात्रीबस् सञ्चालित छन् । सन् २०२४ को अन्त्यसम्ममा स्वचालित बसहरूको संख्या अत्यधिक वृद्धि गर्ने महानगरपालिको योजना छ ।
@koreaupdate.np भोली सोमबारदेखी कोरियाको राजधानी सौलमा ड्राइवर बिनाको स्वचालित रात्रीबस संचालन हुँदैछन् । #Koreaupdate #koreanews #Koreaupdates #newskorea #nightbus #Epsnepal #epskorea #nepaliinkorea ♬ original sound - KOREA UPDATE

छुसकमा ब्याडमिन्टन प्रतियोगिता आयोजना हुँदै

सेप्टेम्बर २१ मा हुने ‘प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५’ को तयारि पुरा, टाइस…

सेप्टेम्बर २१ मा हुने ‘प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५’ को तयारि पुरा, टाइस…

काेरियाकाे बुसानमा Gen-Z आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा श्रद्धाञ्जली

फोनमनीबाट पहिलो कारोबारमा सबैलाई ५००० कोरियन वन बोनस

कोरियामा पर्वतिय चलचित्र महोत्सव हुँदै, दयाहाङ राइ, मिरुना मगर लगायत दर्जनौँ…

"मेरो त देशै माइती भयो" तीज गीत सार्वजनिक

प्रतिक्रिया