घुम्ति शिविरका क्रममा दुतावासको औँठा छाप लिने मेशिन पड्कियो, राहदानी नविकरणको काम नहुँदा सेवाग्राही आक्रोशित

दुतावासको फेसबुक पेज १५ दिनदेखी गायब

गत आइतबार एनआरएनए छुङ्छन्बोक्दो र थेजन नेपाली समाजको सहकार्यमा नेपाली राजदुतावास दक्षिण कोरियाले कोरियाको थेजनमा राहदानी नविकरण तथा अन्य काउन्सलर सेवाका लागी घुम्ति शिविर सञ्चालन गर्यो । जस्मा ८३ जनाले राहदानी नविकरणका लागी अग्रिम एपोइन्टमेन्ट लिएका थिए ।

श्रमीक परामर्शको काम सकिसकेपछी राहदानीको काम गर्ने क्रममा विद्युत सर्ट भइ शुरुमा मल्टिप्लगमा क्षती भयो । अर्को नयाँ मल्टिप्लग लिएर जडान गरियो तर त्यसपछी थम्ब अर्थात औँठा छाप लिने मेसिनमा क्षति पुग्यो । हाइ भोल्टेजको पावर सिधै जडान गरिएकाले यस्तो घटना भयो र राहदानी नविकरणको काम अवरुद्द भयो । अर्को मेशिन थिएन र सम्भव नै भएन ।

दुातावासको सेवा लिन टाढा टाढाबाट आएकाहरुमा आक्रोश थपियो र केही समय चर्काचर्कीको अवस्था सृजना भयो । सोवाग्राहीको माग थियो हाम्रो “अर्को दिन छुट्टी मिल्दैन आजै काम गरिदिनुपर्यो “ । 

हुने समस्या भैसकेको थियो, अब दुतावसले समाधान गर्नुपर्ने थियो । समाधानको रुपमा विकल्प दिएको छ दुतावासमा आएर राहदानी नविकरण गर्ने । दुतावासका अनुसार थेजनका लागी फारम भरेका सबैले जुनसुकै समयमा पनि दुतावासमा आएर नविकरणको प्रक्रिया अगाडी बढाउन सक्छन् । र उनीहरुलाइ दुतावासले प्राथमिकतामा पनि राखेको छ ।

 

सामान्यतया फारमको म्याद १५ दिन हुने भएपनि थेजनका लागी फारम भरेकाहरुले आगामी आसार मसान्तभित्रमा दुतावासबाट नविकरण गर्न सक्छन् । 

हालसम्म थेजनमा फारम भरेका २० जनाले दुतावासबाट सेवा लिइसकेका छन् । त्यस्तै आगामी मे १ का दिन परेको मजदुर दिवसका दिनपनी दुतावास खुली रहने र सेवा लिन सकिने दुतावासले जानकारी दिएको छ । 

 

यता क्षति भएको जुन मेसिन हो त्यो नेपालबाट मगाउनुपर्ने हुन्छ । प्रक्रिया शुरु भैसके पनि केही समय लाग्ने दुतावासले जनाएको छ  । यस बिषयमा थप बुझ्न हामीले नेपाली राजदुतावास दक्षिण कोरियाको नियोग उपप्रमुख जेनिम अधिकारीसंग सम्पर्क गरेका थियौँ । सम्पर्क गर्दा घटनाक्रमको बारे सामान्य जानकारी गराएपनी औपचारिक कुराकानीका लागी पटक पटक अनुरोध गर्दा पनि समय मिलाउन भने सक्नुभएन । 

 

यस्तै यता आगामी मे ४ का लागी मिर्याङमा घुम्ती शिविर आयोजना गरिएको छ ।  तर यता जुनको अन्तिमका लागी तयारी गरिएको ह्वासङ नेपाली परिवारको घुम्ति शिविर पनि स्थगीत गरिएको छ। 

 

यो घटना प्राविधिक समस्या  हो, भवितब्य हो कहीलेकाहीँ हुनसक्छ तर दुतावासले यस्ता कुराको जोखिम मुल्यांकन गरी वैकल्पिक व्यवस्था गर्न नसक्नु कमजोरी हो तत्काल प्रक्रिया अगाडी बढाई सेवाग्राहीलाइ सहज सेवा दिनु दुतावासको कर्तब्य हो ।

 

यता गत अप्रिल १० देखी सस्पेन्ड भएको दुतावासको फेसबुक पेज अझै फिर्ता आएको छैन । नागरीकहरु दुतावाससंग जोडिने माध्ययम नहुँदा अर्को समस्या थपिएको छ।  यसबारेमा बुझ्दा हिजो शुक्रबार सम्म फेसबुक पेज फिर्ता आइसक्ने बताएपनी अझै फिर्ता आएको छैन । दुतावासका अनुसार लाइसेन्स नविकरण सम्बन्धी सूचना राखेका कारण फेसबुकले पेज सस्पेन्ड गरिदिएको थियो । 

गोविन्द बानियाँ

गोविन्द बानियाँ कोरिया अपडेटको सम्पादक हुनुहुन्छ । विगत लामो समयदेखी नेपालमा रेडियो र टेलिभिजन पत्रकारिताको अनुभव संगाल्नुभएका बानियाँले कोरियामा नेपाली र नेपाली समुदायसंग सम्बन्धित समाचार लेख्ने गर्नुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित