दक्षिण कोरियामा पनि भव्यताका साथ माघेसक्रान्ती मनाइने

नेपालको मुख्य पर्व मध्य को एउटा पर्व हो माघेसक्रान्ती । धार्मिक र सांस्कृतिक महत्व बोकेको यस पर्वलाई नेपालको विभिन्न समुदायले फरक फरक ढंगले मनाउने गर्दछन् । खासगरी मगर समुदायले विशेष रुपमा मनाउने यो पर्व दक्षिण कोरियामा पनि भव्यताका साथ मनाइने भएको छ ।

आगामी जनवरी १२ तारिख आइतबार दक्षिण कोरियाको सुवन शहरमा यो पर्व मनाउन लागिएको हो । नेपाल मगर संघ दक्षिण कोरिया लगायत कोरियाको विभिन्न शहरमा रहेका शाखाहरूको संयुक्त आयोजनामा माघे सक्रान्ती विशेष कार्यक्रम आयोजना गरिएको हो । सो कार्यक्रममा सहभागी हुन नेपालबाट चर्चित गायिका बिमता घर्ती मगर दक्षिण कोरिया आउँदै हुनुहुन्छ भने कोरियामै रहेका स्थानीय कलाकारले पनि आफ्नो प्रस्तुति दिने आयोजकले जनाएको छ। कार्यक्रम जनवरी १२ तारिख बिहान ११ बजेदेखि होबाकनाइथ क्लब सुवनमा शुरु हुनेछ । कार्यक्रममा कोरियामा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहीनीहरु सहभागी भइदिन आयोजकले अनुरोध गरेको छ ।

 

कार्यक्रम सम्बन्धी थप जानकारी का लागी ब्यानरमा रहेका नम्बरहरूमा सम्पर्क गर्न सक्नुहुनेछ ।

गोविन्द बानियाँ

गोविन्द बानियाँ कोरिया अपडेटको सम्पादक हुनुहुन्छ । विगत लामो समयदेखी नेपालमा रेडियो र टेलिभिजन पत्रकारिताको अनुभव संगाल्नुभएका बानियाँले कोरियामा नेपाली र नेपाली समुदायसंग सम्बन्धित समाचार लेख्ने गर्नुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित