हाँसो - कोरियन कविताको नेपाली अनुवाद

 

- सुभद्रा पालुङ्वा

 

 

हाँसो ? यो पिडा हुदाको समय को लागी हो ।

आँसु ? यो खुशी र दुखि समयको लागी हो ।

प्रेम ? एक अर्काको सामना गर्न हैन अप्ठेरो समयमा हात छोड्नु हैन

कि हात समाई एउटै दिशामा सँगै हिड्नको लागि ।

मित्रता ?

म मेरा साथीहरूलाई तल परेर माथि हुनु छैन

कि मेरो साथीले मलाई जितेर अघि बढ्नु हो ।

जो बुद्धिमान मित्र हुनुहुन्छ जो आफ्नो मित्रतालाइ खजाना जस्तै व्यवहार गर्छन ।

तपाई ? तपाईं एक महान व्यक्ति बन्न सक्नुहुन्छ।

किन भने तपाईअरुलाई चाहिने चिज हो ।

आलोचना? यो शब्दले तपाइलाई दुख्छ ।

किन भने त्यो सही हो।

उसको व्यक्तिको आलोचना गर्ने अधिकार छ

जसले तपाइलाई सहायता गर्ने भावना राख्छ ।

धेरै मानिसहरु दया, माया भन्दा पनि आलोचना गरेर खुस हुन् खोज्छन ।

 

 

सुभद्रा पालुङ्वाले कोरियन कविता भावानुवाद गर्नु भएको हो ! 

प्रतिक्रिया

सम्बन्धित