एस्टन भिल्लासँग म्यानचेष्टर सिटी पराजित

अंक तालिकामा पनि सिटीलाई भिल्लाले उछिन्यो

प्रिमियर लिगको साविक विजेता म्यानचेष्टर सिटी एस्टन भिल्लासँग १-० ले पराजित भएको छ ।

लिओन बेलीको एक मात्र गोल मद्दतमा भिल्लाले सिटीलाई पराजित गर्दै ३ अंक जोडेको हो । बेलीले ७४औं मिनेटमा युरी थिलेमन्सको पासमा गोल गरेका थिए ।

सिटीले प्रिमियर लिगमा पछिल्लो चार खेलमा जित हात पार्न सकको छैन । मिडफिल्डर रोड्रीबीना मैदान उत्रेको सिटीले उनीविना जित निकाल्न सकिरहेको छैन ।

जितपछि एस्टन भिल्लाले अंकतालिका पनि सिटीलाई पछि पारेको छ । १५ खेलबाट ३२ अंक जोडेर एस्टन भिल्ला तेस्रो स्थानमा उक्लेको छ भने समान खेलबाट ३० अंक रहेको सिटी चौथो स्थानमा झरेको छ ।

प्रतिक्रिया

सम्बन्धित